७ वैशाख २०८१ शुक्रबार
कला

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

भक्तपुर, असोज १७ –विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५६ औं सम्मेलन भक्तपुरको कमलविनायकमा सम्पन्न गरेको छ । वाङमय सताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरे ।
‘ ऐतिहासिक नगर भक्तपुरमा ऐतिहासिक सम्मेलन अटुत रुपमा संचालन भइरहेकोमा खुशी व्यक्त गर्दै हाम्रो कला संस्कृति र भाषा, साहित्यको विकास गर्नमा विराट गुथिको ठूलो भूमिका रहेको छ,’उनले भने ।
त्यस्तै विराट गुठीका अध्यक्ष कृष्णभक्त बोडेले साहित्यकार एवं समालोचक प्रा. नर्मदेश्वर प्रधानलाई सम्मान गरेका थिए । सम्मेलन प्रतिसरा सायमी, सुजिता माःजु,न्हुछेभक्त कवा“, रेखा शाक्य, तिलकप्रकाश कायष्थ, शशिकला मानन्धर, नारद बज्राचार्य, रेणु श्रेष्ठ, त्रिरत्न शाक्य, सकुन्तला महर्जन, राजा शाक्य, शरण ज्यापु, शाक्य सुरेन, राजभाइ जकःमि, शरद कसाः, नविन प्रकाश श्रेष्ठ,  लक्ष्मण राजवंशी, ध्रुव मधिकर्मी र सुधिर ख्वविलगायतका साहित्यकारहरुले कविता वाचन गरेका थिए ।

प्रकाशित: १७ आश्विन २०७४ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App