७ वैशाख २०८१ शुक्रबार
खेल

बिहीबारदेखि व्याकुल माईला गोल्ड कप

खोटाङ, असोज १७ – राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माईला गोल्ड कपको सातौं संस्करण बिहीबारदेखि हुने भएको छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा व्याकुल माईलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दुधकोसी किनारमा असोज बिहीबारदेखि असोज २७ सम्म व्याकुल माईला गोल्ड कप संञ्चालन गर्ने तयारी गरिएको हो ।
खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगीतामा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सिन्धुली, काठ्माण्डौं लगायतका जिल्लाबाट आएका टिमको सहभागिता रहने गोल्डकप मूल समारोह समितिले जनाएको छ । व्याकुल माईला जन्मिएको ठाउँलाई चिनाउँदै बिकास गर्नका लागि गोल्डकप मूल समारोह समितिले नयाँ नेपाल सरोकार समाज हिलेपानी, हिलेपानी फुटबलव क्लव र दुधकौशिका प्राबि सोक्माटारसँगको सहकार्यमा प्रतियोगीता आयोजना गरेको गोल्डकप आयोजक समितिका सदस्य दिलीपकुमार राईले बताए ।
राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा उनकै जन्मथलोमा २०६८ सालदेखि हरेक वर्ष व्याकुल माईला गोल्ड कप सञ्चालन हुँदै आएको छ ।
ओखलढुंगाको प्रतिष्ठित र सर्वाधिक राशिको फुटबल प्रतियोगीतामा विजयी टिमले ५० हजार, दोश्रोे ३० हजार र तेस्रोले २० हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट किपरलाई पनि जनही ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित: १७ आश्विन २०७४ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App