coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सर्लाहीको लखनदेही खोलाले बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

गौर- सर्लाहीको लखनदेही खोलाको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लालबन्दी नगरपालिका वडा १२ बाट दशैंको टीका लगाएर घर फर्किने क्रममा सर्लाहीको पत्थरकोट जियाजोरस्थित लखनदेही खोला तर्दा चार जना जना बेपत्ता भएका थिए। अर्का एक जना भैंसी चराउन गएका बेला खोलाले बगाएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा बारा गढिमाई नगरपालिका-१ पशुपतिनगरका २७ वर्षीया राधिका ढुंगाना र उनका ७ वर्षीय छोरा क्रिशमत ढुंगाना, ४ वर्षीया छोरी क्रितिका ढुंगाना र एक वर्षीया छोरी कृति ढुंगाना छन्। कृति ढुंगानाको शव भने मंगलबार बिहान फेला परेको थियो।  सर्लाहीका प्रहरी उपरीक्षक मोहम्मद मसाउन अलि खाँका अनुसार बालिकाको शव हरिपुर-९ मा फेला परेको थियो।

भैंसी चराउन गएका लालबन्दी नगरपालिका २ जुटपानीका ५५ वर्षीय भीममाया काफ्लेको पनि शव फेला परेको प्रहरीले जानाएको छ। उनको आज बिहान भरथवा नगरपालिका ६ टीकुलियाघाटमा शव फेला परेको थियो।

बेपत्ता भएका अन्य तीन जनाको खोजीकार्य भइरहेको खाँले जानकारी दिए।

प्रकाशित: १७ आश्विन २०७४ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App