coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतले इलामदेखि पाँचथरसम्म लगाएकाे प्रतिबन्ध खुल्ला

इलाम, असोज १७ - भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर १५ तारिखदेखि रेडपाण्डा हेर्न पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरेको जनाएको छ ।

पार्कले इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको सीमाक्षेत्रमा नेशनल पार्कक्षेत्र भित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको थियो । रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउन थालेको स्थानीय जमुनाका कुमार गुरुङले बताए । दुर्लभ रेडपाण्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन र यौन क्रियाकलापको समय भएको भन्दै पार्कले प्रतिबन्ध लगाएको थियो ।

तीन महिनामा रेडपाण्डाले प्रजनन समय पार गरिसकेको जनाउँदै पर्यटकलाई रेडपाण्डा हेर्न खुल्ला गरिएको पार्कले जनाएको छ । कञ्चनजंघा बेस क्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ ।

पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङका लागि भारतलगायत तेस्रो मुलकका सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् । पार्क खुल्ला हुनुअगावै पर्यटक आउन थालेपछि उत्तरी क्षेत्रका होटल भरिभराउ हुन थालेका छन् । पर्यटकको जमघट शुरु भइसकेको माईजोगमाई–२ स्थित तुम्लिङका होटल व्यवसायी तिलक गुरुङले बताए ।

प्रकाशित: १७ आश्विन २०७४ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App