coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेनी-जोमसोम सडक अवरुद्ध, बेगखोलाले ट्याक्सी बगायो

बेनी- जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका-१ बेगखोलामा बर्षासंगै खोलाको बाहब बढेपछि आवतजावत बन्द भएको छ।

खोलामा आएको बाढीले सोमबार साँझ एउटा ट्याक्सी बगाएको छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट बेनीतर्फ आइरहेको ध१ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले बताए।

‘सडकमा सवारीसाधनको अत्याधिक चाप छ। अवरुद्ध हुदाँ दुवै तर्फ ठुलो संख्यामा यात्रु अलपत्र परेका छन्,’ उनले भने। उनका अनुसार खोला पार गर्ने क्रममा बाढीले ट्याक्सी बगाएको हो। खोलामा ट्याक्सी फसेपछि चालक र यात्रुहरू बाहिर  निस्किएकाले मानवीय क्षति भएको छैन। ट्याक्सी करिब १ सय ५० मिटर तल नदीको बीचमा देखिए पनि बाहिर निकाल्न समस्या भइरहेको छ।

विदामा उत्तरी म्याग्दी हुँदै मुस्ताङको भ्रमणमा निस्किएका सयौं यात्रु अलपत्र परेका छन्। मंगलबार बिहानै बेनी हुँदै निजी र भाडाका सवारीसाधनमा मुस्ताङ लागेका यात्रुहरु अलपत्र अवस्थामा छन्। सडक मर्मतको कार्य भइरहेको छ।

गतवर्ष बेगखोलामा आएको बाढीले बस्तीसँगै बेलीब्रिज लगाएतको संरचना बगाएपछि खोलामा बनाइएको अस्थायी मार्गबाट सवारी आवतजावत गर्ने गरेका छन्। यसैबीच दानाको काभ्रेभीरको अवरुद्ध सोमबार राति खुलेको छ।

जिल्लाको उत्तरी क्षेत्रमा वर्षा भइरहेकाले पनि सडक अवरुद्ध र यात्रा जोखिमपूर्ण बनेको छ। मंगलबार दिउँसोसम्म सडक नियमित सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

 

प्रकाशित: १७ आश्विन २०७४ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App