८ वैशाख २०८१ शनिबार
समाज

ट्याक्सीको ठक्करबाट बालिकाको ज्यान गयो

गोरखा- गोरखा आँबुखैरेनी सडक खण्डको तीन किलो भन्ने ठाउँमा ट्याक्सीको ठक्करबाट सोमवार एक बालिकाको ज्यान गएको छ। गोरखाबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा १ ज ४३४९ नम्बरको ट्याक्सीले ठक्कर दिँदा गोरखा नगरपालिका १३ तीन किलोकी ४ वर्षीया नेबिसा गुरुङ घाइते भएकी थिइन्।

घाइते गुरुङको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। पैदलबाटो हिँडिरहेकी बालिकालाई ठक्कर दिने ट्याक्सी र चालक प्रहरी नियन्त्रणमा छन्।   

 

प्रकाशित: १७ आश्विन २०७४ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App