५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

टर्कीका राष्ट्रपतिले मानहानीका मुद्दा फिर्ता लिने

अंकारा–टर्कीका राष्ट्रपति रिसेफ तैयप एर्दोआनले विगतमा आफ्ना विरुद्ध अपमान गर्ने नागरिक विरुद्ध दर्ता भएका सबै मुद्दा सबै फिर्ता लिने बताएका छन्।

राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको मानहानीका विरुद्ध दर्ता भएका करिब २ हजार भन्दा बढी अपमानको मुद्दा फिर्ता लिने घोषणा गरेका हुन्। एर्दोआनले आँफू हालैका दिनमा भएको सैनिक ‘कू’ को प्रयास असफल पार्न महत्वपूर्ण भूमिका निभाएका टर्कीका नागरिको एकताबाट  प्रभावित भएको बताएका छन्।

उनले टर्की सरकारको आलोचना गर्ने राष्ट्रहरुलाई आँफूहरुको आन्तरिक मामिलामा हस्तक्षप नगर्न चेतावनी दिए। उनले भने ‘टर्कीमा भएको घटनामा समवेदनासमेत प्रकट नगर्ने युरोपियन मुलक तथा अन्य मुलुकलाई हाम्रो आन्तरिक मामिलामा कुनै प्रतिक्रिया दिन जरुरी छैन।, उनीहरुलाई टर्कीको प्रजातन्त्र र जनताको भविष्य भन्दा पनि आफ्नो स्वार्थको चिन्ता छ, त्यसकारण हाम्रो सरकारी नीति विरुद्ध बोल्ने उनीहरुलाई कुनै अधिकार छैन र उनीहरु हाम्रा असल साथी होइनन्।’

 

प्रकाशित: १५ श्रावण २०७३ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App