८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ४३ जना आकांक्षी

खोटाङ– आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस खोटाङले तोकिएभन्दा बढी संख्यामा उम्मेद्वार छानेको छ। असोज ७ र ८ गते विपी स्मृति भवनमा बसेको कांग्रेस जिल्ला कमिटिको बैठकले उम्मेद्वार टुंग्याउने जिम्मा केन्द्रको काँधमा पन्छाउँदै आकांक्षी सवैको नाम प्रदेश र प्रतिनिधिसभाको उम्मेद्वारकारुपमा सिफारिस गरेको हो। असोज १७ गतेभित्रमा प्रदेश र प्रतिनिधिसभाको उम्मेद्वार टुंग्याएर प्रत्यक्ष र समानुपातिकतर्फ एक महिला सहित तीन/तीन जनाको नाम सिफारिस गर्नुपर्ने केन्द्रीय समितिको निर्देशन भए पनि कांग्रेसले सहमती नजुट्दा ४३ जनाको नाम पठाएको हो । प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ शिवकुमार बस्नेत, सर्वधन राई, सरस्वती बजीमय र डा. कृष्णकुमार राईको नाम सिफारिस गरेको कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले बताए। प्रतिनिधिसभाको समानुपातिकतर्फ हिरा गुरुङ, नवराज केसी, पदम निरौला र योगेन्द्र राईको नाम सिफारिस गरेको छ।

कांग्रेसले प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, सुवासकुमार पोरखेल, दिनेश राई, बीरकाजी राई, जितेन्द्रसिं ठकुरी र भगवती निरौलाको नाम केन्द्रमा पठाएको छ । क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ भने १६ जनाको नाम पठाएको छ । ज्ञानेन्द्र जोशी, जनककुमार कार्की, रोजन राई, फटिककुमार श्रेष्ठ, दुरेन राई, चक्रकुमार राई, डा. राजकुमार राई, भक्तजंग राई, शान्तिदेवी राई, पेशल राई, दुर्गाप्रसाद घिमिरे, गोपाल श्रेष्ठ, डिल्लीकुमारी आचार्य, मिठुदेवी रेग्मी, उमेशचन्द्र आचार्य र कुमार पुरीको नाम समानुपातिकतर्फ सिफारिस भएको छ । यस्तै, प्रदेशसभाकै निर्वाचनका लागि क्षेत्र नम्बर २ बाट विष्णुकुमार राई, रविप्रकाश राई, महेन्द्रकुमार कट्वाल र रमेश खड्काको नाम सिफारिस गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ केशवराज कार्की, तीर्थराज भट्टराई, कमला राई, जीवन राई, वशन्त राई, सुमनवावु आचार्य, रामकुमारी राई, खेमबहादुर खड्का, राम साम्पाङ, देवी राई, भरत पोखरेल, प्रेमकुमार कट्वाल र ललिता राउतको नाम सिफारिस गरिएको सभापति श्रेष्ठले जानकारी दिए ।

उम्मेद्वारका आकांक्षी वढि भएपछि उम्मेद्वार टुंग्याउने जिम्मा केन्द्रीय समितिकै काँधमा पन्छाएर वरियताका आधारमा सवैको नाम पठाइएको हो । टिकटका लागि नाम सिफारिस नहुँदा निर्वाचनमा असहयोग हुने त्रास रहेकाले पनि कांग्रेसमाथि आकांक्षी सवैको नाम पठाउनुपर्ने बाध्यता देखिएको हो । ‘कांग्रेस भएर लामो समयसम्म जीवन विताएँ भन्नेहरु पनि छन्, उनीहरुलाई खुसी बनाउनु पर्ने अवस्थामा पनि आयो,’ सभापति श्रेष्ठले भने, ‘कसैको चित्त नदुखाउन र सवैलाई समेट्नका लागि सवैको नाम सिफारिस गरेका हौँ।’

टिकटका लागि जिल्लामा केन्द्रित भएका कांग्रेस नेता टिकट हात पार्नका लागि अव केन्द्र धाउन थालेका छन् । टिकटका लागि नेताबीचमा रस्साकस्सी चलिरहेको छ । स्थानीय तहको निर्वाचनमा एमालेपछि परेको कांग्रेसले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पैंचो अशुल्ने बताएको छ।  

प्रकाशित: १६ आश्विन २०७४ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App