coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नुहाउन गएका काका भतिज कर्णालीमा बेपत्ता

टीकापुर- कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजना युवकको खोजी कार्य जारी छ। मोहन्याल गाउँपालिका पितमारी नजिकै हिजो साँझ ५ बजेतिर नदीमा नुहाउने क्रममा टीकापुरका काका भतिजा बगेर बेपत्ता भएका हुन।

प्रहरीका अनुसार टीकापुर नगरपालिका ज्योतिनगरका काका २१ वर्षका रमेश न्यौपाने र भतिजा २० वर्षका मुकुन्द न्यौपाने रहेका छन। उनीहरु दशैं विदामा घर आएका बेला घुम्ने क्रममा पितमारी पुगेका थिए।

मुकुन्द त्रिचन्द्र कलेजमा बिएस्सीमा अध्ययनरत र रमेश बिएस्सी एजीमा नाम निकालेर अध्ययनका लागि तयारी अवस्थामा थिए।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक धनबहादुर बोहराले उनीहरुसँगै रहेका अनुराग धामीले घटनाका बारेमा जानकारी दिएको बताए । उनले सशस्त्र प्रहरीको सहयोगमा खोजी कार्य जारी रहेको बताए।

उनीहरु सबैजना अनुरागको घरमा दशैंको टीका थापेर घुम्न निस्किएका थिए।

प्रकाशित: १६ आश्विन २०७४ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App