coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनशनरत गजुरेलको स्वास्थ्यावस्था कमजोर बन्दै

काठमाडौँ-  आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै आमरण अनशन बसेका शिक्षक डा महेश गजुरेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको कार्यालय अगाडि आंशिक प्राध्यापक संघको आह्वानमा पाँच दिनदेखि आमरण अनशन बसेका गजुरेलको पिसाबमा खराबी देखिएको छ।

“पाँच दिनदेखि आमरण अनशन बस्नुभएका शिक्षक गजुरेलको रक्तचाप, मुटु र श्वासप्रश्वासमा समस्या देखिएको छ”, आंशिक प्राध्यापक संघका सहअध्यक्ष नरेन्द्रप्रसाद भण्डारीले भने।

यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट सुनुवाइ नभएकाले डा गजुरेलले आमरण अनशन शुरु गरेका हुन्।

त्रिवि मातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्वविद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ। रासस
 

 

प्रकाशित: १६ आश्विन २०७४ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App