coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपन्न विद्यार्थीकाे काेषमा एक लाख

रत्ननगर, चितवन, असोज १६ -  पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट  एक लाख सहयोग प्राप्त भएको छ । गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न स्थापित उक्त कोषमा अमेरिकामा रहेको ग्लोबल एक्सन कोलिसनमार्फत एक लाख ३ हजार  सहयोग प्राप्त भएको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिए ।

उक्त संस्थाका सदस्य चितवन निवासी हेमु अधिकारी र रुपेन बज्राचार्यको पहलमा रकम सहयोग भएको गजुरेलको भनाइ छ । यसअघि उक्त संस्थामार्फत चेपाङ बालबालिका अध्ययनरत पूर्वी चितवनको अन्त्योदय स्कुलमा तीन लाखभन्दा बढी सहयोग गरिएको जनाइएको छ । विसं २०६७ मा गजुरेलले साढे ६ हजार जम्मा गरेर चितवनको खैरहनी उच्चमाविमा जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको थियो ।

'कोषमा रु एक करोड बनाउने लक्ष्य रहेको छ । उक्त कोष सञ्चालनका लागि खैरहनी माविसँग सहकार्य भएको छ । “म एसएलसी नगरेको मान्छे, चाहना भए पनि पढ्न नपाउँदा कस्तो पीडा हुन्छ भन्ने मलाई थाहा छ, त्यसैले उच्च शिक्षा पढ्न नसक्ने विद्यार्थीलाई केन्द्रित भएर लागेको छु,” उनले भने ।  कोषबाट अहिलेसम्म ४ सय विद्यार्थीले सहयोग पाएको उनको तथ्यांक छ ।

प्रकाशित: १६ आश्विन २०७४ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App