coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चार करोडको लगानीमा ७ वटा खानेपानी परियोजना सुरु

तेह्रथुम, असोज १६ – तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम सुरु भएको छ । विभिन्न छ गाउँका ७ सय ४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण सुरु भएको हो । 
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण सुरु भएको हो । 
जिल्लाका सुक्खाग्रस्त क्षेत्रको खानेपानी समस्या सुल्झाउन फण्ड बोर्डको सहयोगमा खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत खानेपानी योजना निर्माण थालिएको सोसाइटीका निर्देशक कपिलदेव सिंगकले बताए । सुक्खाग्रस्त फेदाप गाउँपालिका–१ सिम्लेमा सापकोटा र साक्चुवा खानेपानी योजनाहरु निर्माण हुने भएका छन् । 
यस्तै हमरजुङमा देउराली खानेपानी योजना, सक्रान्तिमा सोदन खानेपानी योजना, सुदापमा आहालडाँडा खानेपानी योजना, इसिवुमा रिठ्ठे खानेपानी तथा जलजलेमा चापाबोटे खानेपानी योजनाको निर्माणको काम भइरहेको छ । सातवटै योजना सम्पन्न गर्नका लागि ४ करोड एक लाख ४ हजार खर्च हुने सोसाइटीका खानेपानी तथा सरसफाइ अधिकृत जितलाल लिम्बूले बताए । जसमध्ये फण्ड बोर्डको एक करोड ६४ लाख ३७ हजार, स्थानीयवासीद्वारा संकलित ४० लाख ६ हजार र एक करोड ९६ लाख ६० हजार बराबरको श्रमदान रहेको छ । 

प्रकाशित: १६ आश्विन २०७४ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App