८ वैशाख २०८१ शनिबार
समाज

एक्स–रे मेसिन थन्किदा बिमारी मर्कामा

गोरखा, असोज १६ – गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ । 

एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्नुपर्ने भए पनि ट्रान्सफर्मर खरिद गर्न नसक्दा एक्स–रे सञ्चालनमा ल्याउन नसकिएको हो । करिब रु ५० लाख लगानीमा अस्पतालले एक्स–रे मेसिन ल्याएको भए पनि बिरामीले सेवा नपाएका हुन् भने एक्स–रे गर्नका लागि निजी अस्पताल वा चितवन तथा काठमाडौँका अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । 

अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार अहिले अस्पतालमा एक सय एमए क्षमताको पुरानो मेसिनबाट एक्स–रे गर्नुपर्ने बाध्यता छ । गोरखा अस्पताल १५ शैयाबाट ५० शैयामा विस्तार भए पनि गुणस्तरीय सेवा दिन नसकेको बिरामी गुनासो गर्छन् । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले अस्पतालको एक्स–रे मेसिन सञ्चालनमा ल्याउन आवश्यक पर्ने विद्युत्का लागि ट्रान्सफर्मर खरिद गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बताए । 

प्रकाशित: १६ आश्विन २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App