७ वैशाख २०८१ शुक्रबार
समाज

गुम्बामा सामूहिक टीका ग्रहण

2017-10-02 06:51



नुवाकोट, असोज १६ – दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दशैँ पर्व मनाएर आइतबार टीका ग्रहण गरिएको छ ।  साबिक शिखरबेसी गाविस–४, ७, ८ र ९ का चार सयभन्दा बढी तामाङ सामुदायका बासिन्दाले गुम्बाका प्रमुखसँग सामूहिक रुपमा दशैँ पर्व मनाउँदै टीका ग्रहण गरेका हुन् ।

परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको टाछी छोइलिङ गुम्बाका सदस्य एवं गुम्बा लामा तेञ्जिङ लामाले जानकारी दिए । दशैँ पर्वको समयमा घरमा आउन नसक्नेहरु पनि गुम्बामा टीका ग्रहण गर्न अनिवार्य उपस्थित हुने गरेका छन् । बौद्धमार्गीको बासोबास रहेको यस स्थानमा दशैँ पर्वको अवसरमा एकादशीको दिन सामूहिक रुपमा भोज खाएर दशैँ पर्व मनाउँदै टीका ग्रहण गर्ने प्रचलन छ ।

प्रकाशित: १६ आश्विन २०७४ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App