coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतलाई

नवलपरासी, असोज १६ – नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसैगरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे पहलवानले हासिल गर्न सफल भए । पहिलो स्थानका शैलेशले नगद रु पाँच हजारसहित मेडल प्राप्त गर्नुभयो भने द्वितीय स्थान ल्याउन सफल राधेले नगद रु तीन हजारसहित मेडल प्राप्त गरे । 

दशैँको अवसरमा नवदुर्गा पूजा समिति भुजहवाका आयोजनामा भएको प्रतियोगितामा नेपाल–भारतका गरी ३० पहलवानको सहभागिता रहेको थियो । 
 

प्रकाशित: १६ आश्विन २०७४ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App