८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

साउदी अरेबियामा महिलाका लागि ‘ड्राइभिङ स्कुल’ खोलिने

रियाद, असोज १५ – साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ । साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो सम्बन्धी अनुमति दिइएको छ । 

सरकारले दिएको सो अनुमतिपछि यहाँको प्रिन्सेस नउराह विश्वविद्यालयले उक्त स्कुल खोल्न लागेको जानकारी आइतबार दिएको समाचारमा जनाइएको छ । उक्त विश्वविद्यालय महिलालाई अध्यापन गराउने विश्वविद्यालय हो । महिलालाई सवारी चालनसम्बन्धी अध्ययन र अभ्यास गराउन सो स्कुल खोल्ने जानकरी गराइएको हो । 
गत मङ्गलबार मात्र साउदी अरेबियाका राजाले महिलाले पनि सवारी चलाउन पाउने अनुमति दिइएको घोषणा गरेका थिए । उक्त घोषणाको कार्यान्वयन आगामी जुन महिनादेखि मात्र हुनेछ । साउदी अरेबियामात्र संसारको यस्तो देश थियो जहाँ महिलालाई सवारी चलाउने अनुमति थिएन । तर यो पछिल्लो निर्णयको महिलाले स्वागत गरेका छन् । 
 

प्रकाशित: १६ आश्विन २०७४ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App