७ वैशाख २०८१ शुक्रबार
समाज

महोत्सव हेर्न गएकी बालिकाको करेन्ट लागेर मृत्यु

रौतहट- सदरमुकाम गौर स्थित राईस मिलमा संचालित धार्मिक महोत्सवमा बनाईको बैष्णे देवी गुफामा करेन्ट लागेर स्थानीय १४ वर्षिया मुनिता कुमारी पंडितको ज्यान गएको छ।

 जिल्ला क्रिकेट संघले आयोजना गरेको सो मेलाको प्रवेश द्धारमा विधुत प्रवाह भई राजदेवि नगरपालिका वडा नम्बर २ घर भएका जयमंगल पण्डितकी छोरी मुनिताको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

एक साता देखि संचालनमा रहेको धार्मिक महोत्सबमा करेन्ट लागेर वालिकाको मृत्यु भएपछि मेला सञ्चालक फरार भएका छन्। वालीकाको करेन्ट लागेर मृत्यु भएपछि मेला समेत बन्द भएको छ । स्थानीय प्रशासनको स्वीकृतवीन अवैधानिक तरिकाले संचालित मेलामा मौतका कुवा, रेलगाडी, बालबालिकाले खेल्ने पिङ्ग, ठूलो पिङ्ग लगायत खेल सामग्रि राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १५ आश्विन २०७४ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App