८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आइएसद्धारा ७३ सिरियाली सैनिकको हत्या

दमास्कस, असोज १५ – सिरियामा गएको २४ घन्टायता एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ । 
आइएसले उनीहरुको हत्या गरेका हुन् । सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए । होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सो कारबाही गरिएको थियो । तर पनि कारबाहीका क्रममा आइएसले नै सरकारी सेनाको हत्या गरेका थिए । 

ती क्षेत्रका सहरी इलाका कब्जा गर्ने योजनाका साथ आइएसका लडाकू आएका थिए । सोही कारण सेना र उसको सहयोगी दलले आइएसमाथि कारबाही थालेको थियो । सो कारबाहीका क्रममा ठूलो संख्यामा आइएस लडाकू पनि मारिएका जनाइएको छ । तर उनीहरु के कति मारिएका छन् भन्ने बारेमा केही खुलेको छैन । 

प्रकाशित: १५ आश्विन २०७४ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App