coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बसको ठक्करबाट युवतीको मृत्यु

हेटौँडा-हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठाेक्किँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। 

हेटौँडाबाट चितवन जाँदै गरेको ना ३ ख ७३८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ४०६७ नम्बरको मोटरसाइकललाई मकवानपुरको रमनटारमा आज साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर मनरी गाउँपालिका–७ रमनटारकी १८ वर्षीय जुनु स्याङ्तानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका मनिष लामा गम्भीर घाइते भएका छन्। उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रकाशित: १४ आश्विन २०७४ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App