७ वैशाख २०८१ शुक्रबार
समाज

जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

धनुषा —सडक दुर्घटनामा परी धनुषामा गएराति दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हंसपुर नगरपालिकाका ३५ वर्षीय शिवकुमार चौधरी रहेको छ भने अर्का एकजना महिलाको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए।

ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनियाँस्थित साबुन फ्याक्ट्री नजिक ढल्केबरबाट जनकपुरतर्फ आउँदै गरेको नाअप ९४४ नंको जिप र जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज४प ४४६२ नंको मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाईते भएका दुबै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीहरुको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ भने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित: १४ आश्विन २०७४ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App