काँग्रेसमा १५५ जना उम्मेदवार अाकांक्षी

शनिबार, १४ असोज २०७४, १५ : ३४ नागरिक

पोखरा—आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस कास्कीमा १५५ जनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन्। पार्टीको जिल्ला कार्य समितिले उम्मेदवारको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्र नं १ मा ५९, क्षेत्र नं २ मा ४२ र क्षेत्र नं ३ मा ५४ जनाले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय समितिले जनाएका छन्।

क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट, सांसद जीवन परियार, क्या फत्तेबहादुर गुरुङ, गुरु बराल, तिलक रानाभाट, कृष्णबहादुर कार्कीले उम्मेदवार बन्न निवेदन दिनुभएको क्षेत्रीय सभापति विर्जमान गुरुङले जानकारी दिए। त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ संख्या पोखरेल, गौरी सापकोटा, सरस्वती गुरुङ, परशुराम वी पोखरेल, प्रा पदमशरण रेग्मी, तारा अधिकारी र हुमबहादुर गुरुङले आकांक्षा देखाएका छन्।

क्षेत्र नं १ (क) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ २३, समानुपातिकतर्फ आठ, क्षेत्र नं १ (ख) को प्रत्यक्षतर्फ छ र समानुपातिकतर्फ आठजनाले निवेदन दिएका छन्। यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोभियतबहादुर अधिकारी, ऋषिराम काफ्ले, देवराज चालिसे, युवराज लामिछाने, डा परमेश्वर पोखरेल र गुरुप्रसाद बरालले निवेदन दिएको क्षेत्रीय सभापति विजय आचार्यले बताए।

त्यस्तै समानुपातिकतर्फ रजनी केसी, सकुन्तला कोइराला, प्रा.डा.रामचन्द्र पोखरेल, खेमकुमारी बराल, विन्दादेवी आले, गंगाबहादुर खत्री र पद्मसिंह गुरुङ उम्मेदवारको आकांक्षी छन्। प्रदेशसभा क्षेत्र नं २ (क) को प्रत्यक्ष र समानुपातिकमा पाँच÷पाँचजना आकांक्षी छन्। क्षेत्र नं २ (ख) मा प्रत्यक्षतर्फ १० र समानुपातिकमा नौजना उम्मेदवारको आकांक्षी देखिएका छन्।

यस्तै क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सांसद शारदा पौडेल, पूर्व सांसद शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री महादेव गुरुङ, खेमराज पौडेल, बाबुराम आचार्य, दीपक गुरुङ र भरतजङ्ग कुँवर तथा समानुपातिकतर्फ भोला थापा, सुरेन्द्रबहादुर भारी, कृष्णकुमारी परियार, रामजी कुँवर, गौमती थापा, गंगा केसी, मनबहादुर विश्वकर्मा लामगादे, रामप्रसाद अधिकारी र पोषनाथ शर्माले आकांक्षा देखाउनुभएको क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए।

त्यस्तै प्रदेशसभा क्षेत्र नं ३ (क) को प्रत्यक्षतर्फ आठ, समानुपातिकतर्फ १७, क्षेत्र नं ३ (ख) मा प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ छजनाले उम्मेदवार बन्न निवेदन दिएको बताइएको छ ।

क्षेत्रीय समितिहरुमा उम्मेदवार बन्ने आकांक्षीको नामावली जिल्ला समितिमा छलफल गरेर पार्टीको केन्द्रीय समितिमा सिफारिस गरिने जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad