coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरी महानिरीक्षक अर्यालय चीनबाट फर्किए

काठमाडौं— प्रहरी महानिरीक्षक प्रकाश अर्याल असोज १० देखि १३ गतेसम्म चीनको बेइजिङमा सम्पन्न इन्टरपोलको ८६औं महासभामा सहभागी भएर शुक्रबार राति स्वदेश फर्किएका छन्।

महानिरीक्षक आर्याल इन्टरपोलका १ सय ९० सदस्य राष्ट्रका प्रहरी प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएको महासभामा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन असोज ७ गते त्यसतर्फ गएका थिए। प्रहरी महानिरीक्षक अर्यालसँगै प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीसमेत स्वदेश फर्किए।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए।

महानिरीक्षक अर्यालले उक्त महासभामा विश्वव्यापी चुनौतीको रुपमा रहेको प्रतिआतंकबाद, संगठित अपराधलाई नियन्त्रणका उपाय एवं आपसी समन्वय र सहयोगको आवश्यकता र त्यसलाई कार्यान्वयन गर्ने विधिबारे छलफल भएको बताए। प्रहरीको अनुसन्धान क्षमता कसरी अभिबृद्धि गर्ने, कसरी अधिक अपराधी पक्राउ गरी कानूनको दायरामा ल्याउन सकिन्छ भन्ने बारेमा महासभामा छलफल छलफल भएको उनले उल्लेख गरे।
 
नेपाल इन्टरपोलको १००औं सदस्य हो । नेपालले सदस्य राष्ट्रबाट प्राप्त गर्नुपर्ने सूचना तथा डाटावेशको सहयोग पाउँदै आएको छ। नेपालमा अपराध गरी अन्य देश भागेका अपराधीहरुलाई नेपालमा ल्याएर कानुनको दायरामा ल्याई अदालतसम्म पु¥याउने प्रयासमा नेपाल प्रहरीले इन्टरपोलको सहयोग लिँदै आएको छ।

प्रकाशित: १४ आश्विन २०७४ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App