८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुनेछ : अध्यक्ष ओली

काठमाडौँ, असोज  १४ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् । दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा मंगलमय शुभकामना व्यक्त गर्दै उहाँले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताए ।
‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि गाउँ र नगरको विकास र समृद्धिको ढोका पनि खोलेको छ, जननिर्वाचित प्रतिनिधिहरुले संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकारको सही ढंगले प्रयोग गर्न सकेमा मुलुकको आर्थिक विकास र समृद्धि सुनिश्चित छ,’ अध्यक्ष ओलीले भने । .

प्रकाशित: १४ आश्विन २०७४ ०१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App