८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनसँग टाढिँदै उत्तर कोरिया, बेइजिङलाई हाइड्रोजन बमको त्रास

यो महिनाको शुरुमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको थियो। योबाहेक उत्तर कोरियाले कैयौं मिसाइल जापान तथा दक्षिण कोरियाको आकासमा प्रहार गरेको छ। पछिल्ला दिन जब अमेरिकी बमवर्षक विमान चेतावनी दिन उत्तर कोरियातर्फ उडे तब उत्तर कोरियाली विदेशमन्त्री री योङ होले बताए कि अमेरिकाले उनको देशविरुद्ध युद्ध छेड्यो। अमेरिकाले यसको गम्भीर नतिजा भोग्नु पर्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली तानाशाह किम जोङ उनलाई व्यंग्य गर्दै उनलाई लिटिल रकेट म्यान भन्दै टिप्पणी गरे। जवाफमा किमले ट्रम्पलाई पागलको संज्ञा दिए। अमेरिकी राष्ट्रपतिले उत्तर कोरियालाई ध्वस्त पार्ने धम्की कैयौं पटक दिइसकेका छन्। तर उत्तर कोरियालाई केही असर गरेको छैन। अमेरिकाले उत्तर कोरियामाथि कैयौं प्रतिबन्ध लगाएको छ। ती प्रतिबन्धहरु पनि उतर कोरियालाई घुँडा टेकाउन सफल भएका देखिँदैनन्।

डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् कि चीन जानीजानी उत्तर कोरियालाई बढावा दिइरहेको छ। अमेरिकाको बुझाइ छ यदि चीनले चाहने हो भने उत्तर कोरियाली सनकी तानाशाह किम जोङ उनमाथि नियन्त्रण गर्न सकिन्छ। तर चीनले यसो गर्न चाहिरहेको छैन। हाइड्रोजन बमबाट परीक्षण गरिसकेको उत्तर कोरिया विश्वका लागि खतरा बनिरहेको छ।

के चीनले उत्तर कोरियाको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ? यो संकटलाई सुल्झाउन सक्छ? के चीन डर, धम्की दिएर वा फकाएर एटमिक हतियार नष्ट गर्न उत्तरलाई राजि बनाउन सक्छ? अमेरिकाको कोलम्बिया विश्वविद्यालयका चीन विशेषज्ञ चार्ल्स आर्मस्ट्रङ चीन र उत्तर कोरियालाई दाजुभाइको संज्ञा दिन्छन्। चीन ठूल्दाइ हो भने उसको भाइ उत्तर रहेको उनको बुझाइ छ।

चीनले उत्तरमाथि परमाणु हतियार परीक्षण नगर्न दवाब दिएको थियो। तर उत्तर कोरियाले जुनकुनै मूल्यमा सो काम अघि बढाइरहेको छ। यो हिसाबले दुई देशबीचको सम्बन्ध निकै बिग्रेको देखिन्छ।

दोस्रो विश्वयुद्धको समयमा जब कोरिया जापानको उपनिवेशबाट स्वतन्त्र हुने समय दुई कोरिया विभाजन भएका थिए। उत्तर कोरिया चीनसँग निकट थियो। दक्षिण कोरियामा अमेरिकी सेनाको कब्जा रह्यो। उत्तर कोरियाले चीनकै सिको गर्दै साम्यवादको बाटो समात्यो। त्यहाँका पहिलो नेता किम इल सुङ बने। चीनमा जन्मिएका उनी राम्रोसँग चिनियाँ भाषा बोल्न सक्थे। उनले विश्वविद्यालयको अध्ययन पनि चीनबाट पूरा गरेका थिए।

१९५० उत्तर कोरियाले दक्षिण कोरियामाथि हमला गर्‍यो। त्यतिबेला अमेरिकाको अगुवाइमा पश्चिमी देशका सेनाले दक्षिण कोरियालाई कब्जा हुनबाट जोगाए। यो युद्धमा उत्तरलाई चीनले सहयोग गरेको थियो। आज पनि चीन र उत्तर कोरियाको सम्बन्ध त्यस्तै छ। उत्तर कोरियाको हरेक कठिनाइमा चीनको सहयोग हुनेगर्छ। चीनमा दुई देशबीचको सम्बन्धलाई दाँत र जिब्रो जस्तो मान्नेहरु धेरै छन्। सन् १९६१ मा चीन र उत्तर कोरियाबीच एउटा सम्झौता भयो। यो सम्झौतामा दुई देशमध्ये यदि कसैमाथि हमला गरेमा एक अर्कामा मिलेर सामना गर्ने भन्ने उल्लेख छ। चीनबाट उत्तर कोरियाले त्यही भैर सधैँ ठूलो आर्थिक सहयोग पाउँदै आएको छ।

चार्ल्स भन्छन्, 'नब्बेको देशकमा जब उत्तर कोरियामा अकाल पर्‍यो त्यतिबेला सबैभन्दा ठूलो सहयोग चीनले नै गरेको थियो।' उत्तर कोरियाको ५० देखि ९० प्रतिशत कारोबार चीनसँग हुने गर्छ। उत्तर कोरियाको जनजीवन साँच्चै चीनसँग जोडिएको छ।

अहिलेका उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन चीनले स्थापना गरिदिएका किम इल सुङका नाति हुन्। तर हजुर बुवाले जस्तो नातिले चीनसँग राम्रो सम्बन्ध राखिरहेका छैनन्। उनलाई आजसम्म चीनले आफ्नो देश भ्रमणका लागि बोलाएको छैन। जब कि उनका पिता तथा हजुरबुवाका लागि चीनको भ्रमण एउटा सामान्य घटना हुने गर्थयो। चर्ल्स चीन र उत्तर कोरियाबीच पहिलाको जस्तो सम्बन्ध नरहेको बताउँछन्।

सिआइएका पूर्व उप डिभिज प्रमुख ब्रुस क्लिङ्गिरले एक पटक उत्तर कोरियाका अधिकारीसँग लामो कुराकानी गरेका थिए। उनकाअनुसार चीनसहितका अन्य देशसँगको सहमति विपरित उत्तर कोरियाले आफूखुशी एटम बम परीक्षण गरिरहेको छ। चीनले उत्तरमाथि परमाणु हतियार परीक्षण नगर्न दवाब दिएको थियो। तर उत्तर कोरियाले जुनकुनै मूल्यमा सो काम अघि बढाइरहेको छ। यो हिसाबले दुई देशबीचको सम्बन्ध निकै बिग्रेको देखिन्छ। यो महिना उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेपछि सम्झाउनका लागि चीनबाट एक प्रतिनिधिमण्डल प्योङयाङ गएको थियो। सो प्रतिनिधिमण्डललाई तीन दिनसम्म प्योङयाङ प्रशासनले पर्खाएको थियो। पहिला यस्तो सोच्न पनि सकिँदैनथ्यो। उनले चीनको वकालत गर्ने कतिपय नेताको हत्या गराइसकेको ब्रुसको भनाइ छ। यी मध्ये उनका मामा पनि एक हुन् जसलाई तोपको मुखमा बाँधेर तोप पड्काएर मारिएको थियो।

अहिले चीन र उत्तर कोरियाको सम्बन्ध अरु देशहरुसँग जस्तो मात्र सीमित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास छ कि चीनले यदि साँच्चै अग्रसरता लिएर आर्थिक नाकाबन्दी गरे उत्तर कोरिया वार्ताका लागि तयार हुनेछ। तर उत्तर कोरियाका तानाशाह किम जोन उनसँग हाइड्रोजन बम रहेको यहाँ विर्सन मिल्दैन।

हावर्ड केनेडी स्कूलमा उत्तर कोरिया विशेषज्ञ जोन पार्कका अनुसार चीन उत्तर कोरियामाथि केही ठोस गर्न सक्ने स्थितिमा छैन। मुख्य सवाल यो हो कि के चीन उत्तर कोरियाको अर्थव्यवस्था संकटमा पार्न तयार हुन्छ? छिमेकमा बर्बाद देश हुँदा चीनले चुकाउनु पर्ने मूल्य पनि सामान्य हुने छैन। यदि तानाशाह उनको शासन समाप्तिपछि उत्तर कोरियाको आणविक हतियार गलत मान्छेको हातमा पर्न सक्छ भन्ने पनि चिन्ताको विषय हो। जोन चीन यस्तो अवस्थाबाट बच्न चाहने बताउँछन्। उत्तर कोरियाको बर्बादी उसका लागि एउटा पेचिलो सवाल भएको छ।

चीनका धेरै व्यवसायीको उत्तर कोरियामा व्यापार छ। चीनले अढाइ सयभन्दा बढी सामानको सूचि तयार पार्दै ती सामानको कारोबार उत्तर कोरियासँग नगर्ने भनेको छ। तर व्यवासायीहरु खुलेआम तिनको कारोबार गरिरहेका छन्। चीनले कारोबारीलाई कारवाही गर्छु भनेर दिएको चेतावनी पनि प्रभावकारी भएन। अहिलेको उत्तर कोरिया आणविक बमयुक्त उत्तर कोरिया हो।

त्यो विषय चीनका लागि टाउको दुःखाइको विषय भएको छ। अहिले स्थिति यस्तो छ कि उत्तर कोरियाले चीनलाई नै दुस्मन ठान्न सक्ने स्थिति पनि आउन सक्छ। यही कारण हो कि चीन उत्तर कोरियाविरुद्ध पूरै तेल आपूर्ति बन्द गर्न सकिरहेको छैन। चीन उत्तर कोरियामाथि हुने हमलाविरुद्ध उभिएको छ। कारण त्यही हो सनकी तानाशाहले हाइड्रोजन बम चीनतिर नफ्याकोस्। चीनसँग अब विस्तारै कारवाहीको विकल्पबाहेक अरु विकल्प अन्त्य हुँदै गएका छन्। त्यही भएर चीन पछिल्लो समय पूरै शक्ति उत्तर कोरियासँग वार्ता गर्नमा लगाइरहेको छ।

 

प्रकाशित: १३ आश्विन २०७४ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App