८ वैशाख २०८१ शनिबार
समाज

पिल्लर ढलेर किच्दा बालकको मृत्यु

उदयपुर- घरमै खेलिरहेका बेला निर्माणाधिन घरको पिल्लर लडेर किच्दा यहाँका एक बालकको शुक्रबार मृत्यु भएको छ। घरबाहिर खेलिरहेका बेला छिमेकीको निर्माणाधिन पक्की घरको पिल्लर लडेर किच्दा त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका ६ वर्षीय सन्देस खड्काको मृत्यु भएको हो।

दसैं रमाईलो गर्दै साथीहरुसँग खेलिरहेका बालक नजिकै निर्माण भईरहेको पक्की घरको पिल्लर ढलेर किच्दा गम्भीर घाईते  भएका थिए। उपचारका लागि अस्पतालतर्फ लाँदालाँदै बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालकको एक्कासी मृत्युले आमा कोपिला खड्का मुर्छा परेकी छिन्।

प्रकाशित: १३ आश्विन २०७४ ०९:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App