८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मुम्बई रेल्वे स्टेसनमा भागदौड हुँदा २२ को मृत्यु

मुम्बइ- मुम्बई रेल्वे स्टेसनमा शुक्रबार भएको भागदौडमा २२ जनाको मृत्यु भएको छ। भारी वर्षासँगै बढी भिड रहेको अल्फिन स्टोन स्टेसनमा बिहान १०:३० बजे सो घटना भएको हो। घटनामा  २७ जनाभन्दा बढी घाईते भएका छन्।

भारी वर्षासँगै पुलको एउटा हिस्सा भासिन लागेको हल्लाका कारण यात्रुहरुमा भागदौड मच्चिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागी लगिएको  रेलवे अधिकारीले जनाएका छन्।

भारतीय रेलमन्त्रीले पियुस गोयलले उक्त दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उनले घटनाको छानबिनको आदेश दिएका छन्।

प्रकाशित: १३ आश्विन २०७४ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App