coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

दशैको लागि बाजेको स्पेशल मसला

मरमसला भन्ने शब्दले तरकारी वा माछामासुमा हाल्ने मसलाको रुपमा प्रायजसो बुझेको हुन्छ । तर वास्तवमा मरमसलाको सही तवरले उपभोग गर्नाले स्वास्थ्यबद्र्धक हुन्छ भन्ने धेरै कमले बुझेको हुन्छ । 
हिन्दूहरुको महान चाड वडा दशैंको लागि बाजेको मसलाका प्रबन्ध निर्देशक नितिमा कार्की (भण्डारी) अनुसार निम्न तरिकाले घरमा नै स्पेशल मसला बनाउन सकिन्छ ।
कसरी घरमा नै स्पेशल मसला बनाउने 
१०० ग्राम स्पेशल मसला बनाउन 
चाहिने सामग्रीहरु 
गेडा जिरा    ५० ग्राम
गेडा धनियाँ    २५ ग्राम
सौफ २ ग्राम
बेसाल    ५ ग्राम
एनिसिड (स्टार) विउँ    ३ पिस
दालचिन    ५ ग्राम
पिपल    १ ग्राम
गेडा मेथी    १ ग्राम
गेडा मरिच    २ ग्राम
अलैचीं    २ वडा
तेज पत्ता    १ ग्राम
सुकेको खुसार्नी ५ ग्राम
ल्वाङ ५ देखि १० वटा
विरे नून स्वाद अनुसार
बनाउने विधि 
आगोमा प्यान तताउने माथि दिएको सबै मसलालाई तातो प्यानमा राखेर भुट्ने । यसरी भुटेको मसलालाई मिक्सर या बेल्डरमा राखेर बेल्ण्ड गर्ने वा पिस्ने र स्पेशल मसला तयार हुन्छ । हावा नछिर्ने जारमा यो मसालालाई राखी लामो समय सम्म प्रयोगमा ल्याउन सकिन्छ । 

स्पेशल गरम मसला बनाउने विधि
चाहिने सामग्रीहरु
कालो मरिच     आधा चम्चा
ल्वाङ     ६ वटा
दालचिनी १ ईन्च    १० टुक्रा
ल्वाङ्गको धूलो    १ चम्चा
हरियो सुकमेल    ४ ग्राम
अलैचीं    ४ ग्राम
गुढ
गेडा धनियाँ    ४ चम्चा
गेडा जिरा    ३ चम्चा
ग्रेटेड जाईफल     १ चम्चा
तेजपत्ता     केही
बनाउने तरिका
एउटा प्यानलाई आगोमा तताउने र तातेको प्यानमा सबै मसलाई क्रमश ः भुट्ने र एउटा बाउलमा चिसो हुन केही बेर राख्ने र बेल्डरमा ब्लेण्ड गर्ने र हावा नछिर्ने भाडामा राख्ने ।
क्यालोरिज १९३
काब्र्रोहाईड्रेड १८.२
प्रोटिन    ९.४
फ्याट    ९.१
अन्य २७.५ ग्राम
दशैमा हाम्रो घरमा विभिन्न प्रकारको खानाहरु बन्छन। त्यसको लागि विभिन्न किसिमको मसलाहरु तयार गर्नु पर्ने हुन्छ । यसरी जुन मसलाहरु हामी दैनिक स्वादको लागि प्रयोग गर्छौ । त्यसको फाईदा र प्रयोग विधि जाने भने स्वादको साथसाथै स्वास्थ्य पनि राम्रो हुन्छ । हामीहरुले प्रयोग गर्ने मसलाहरुको आफ्नो आफ्नो गुण र उपयोगिता हुन्छ । हामीहरु भन्ने गर्छौ मसलाहरु धेरै खाना हुँदैन यो बिलकुल गलत हो । हामीले दैनिक प्रयोग गर्ने जिरा, धनियाँ, सुकमेल, ल्वाङ दालचिनी अनुवा मेहिरुमा विभिन्न रोग सँग लड्ने क्षमता हुन्छन् । 

गरम मसलाका फाईदाहरु
शरिरमा ईम्युनिटी पावर बढेर रोगसँग लड्न सक्षम ग 
शरिरमा दुखाई कम गर्छ
शरिरको तौल घट्न मद्दत गर्छ 
शरिरमा चाहिने भिटामिन, मिनरल्स र प्रोटिनलाई एबर्जब्र्स गर्ने क्षमता बढाउन्छ
ब्लड प्रेसर कन्ट्रोल गर्न मद्दत गर्छ
डाइबेटिजको विरामीलाई फाईदा गर्छ ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १३ आश्विन २०७४ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App