coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने

चितवन, असोज १३ – नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुनेछ । अन्य १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ । 
‘डिजाइन एण्ड बिल हुँदैछ । एक आधा महिनामा काम सकेर टेण्डरमा जान्छौँ। ’ सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले भने,‘हाल ठेक्का भइसकेका चार पुलमा नारायणगढबाट १२ किमी दासढुंगा, १६ किमी खानी पुल, २२ किमी मौरी पुल र २९ किमी जलबिरे छन् ।’
पुलको दुवैपट्टि छेउमा एक दशमलव पाँच मिका दरले फुटपाथ रहने छ । पुराना पुललाई मर्मत गरी आवतजावत गर्न मिल्ने अवस्थामा राखिनेछ । पुल निर्माणका लागि झण्डै एक अर्ब खर्च हुने अनुमान गरिएको छ । सोमध्ये आधा रकम नेपाल सरकार र आधा रकम विश्व बैंकले लगानी गर्ने छन् । विश्व बैंककै लगानीमा हाल सो सडक विस्तारको काम भइरहेको छ ।  
 

प्रकाशित: १३ आश्विन २०७४ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App