८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा

बैंकक, असोज १३ –थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहेको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गरेका हुन् । उनले बिहीबार थाई विदेश मन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गरेका थिए । 
‘हाम्रो विदेश मन्त्रालयले दिएको प्रारम्भिक जानकारी अनुसार थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बसेकी छन्,’ थाई प्रधानमन्त्री प्रयुत चान ओचाले भने । 
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई यसअघि थाइल्याण्डको सर्वाेच्च अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर उन िअदालतमा हाजिर नभई दुबईतर्फ लागेकी थिइन् । 
पूर्वप्रधानमन्त्री सिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले बुधबार मात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो । चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रियाबमोजिम नै अनुसन्धान भइरहेको थियो । 

यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । 

प्रकाशित: १२ आश्विन २०७४ १७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App