coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलि दिइरहेका बेला राँगाले हानेर ६ जना घाइते

बैतडी-बैतडीको प्रसिद्ध देहिमाडाैँ निंगलाशैनी भगवती मन्दिरमा आज राँगाको बलि दिने क्रममा भागदौड हुँदा छजना घाइते भएका छन्। 

बलि दिइरहेका बेला एक्कासि भागेर आएको राँगाले हान्दा उनीहरु घाइते भएका हुन् । 

घाइते हुनेहरुमा बैतडीको पाटन नगरपालिका–६ का ११ वर्षिया बालिका कविता विष्ट, १४ वर्षीया सरस्वती विष्ट, ३४ वर्षीय नरेन्द्र विष्ट, दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ७२ वर्षीय देवसिंह ऐरी, दशरथचन्द नगरपालिका–४ का २२ वर्षीय दिपेन्द्र बोहरा र ३० वर्षीय विनित चन्द रहेको प्रहरीले जनाएको छ।

घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैलाली पठाइएको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित: १२ आश्विन २०७४ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App