७ वैशाख २०८१ शुक्रबार
प्रवास

‘दुई रुपियाँ’ जापानमा प्रदर्शन हुने

टोकियो- गत हप्ताबाट नेपालभर रिलिज भएको चलचित्र ‘दुई रुपियाँ’जापानमा प्रदर्शन हुने भएको छ। आक्रामक शैलीमा व्यापार गर्दै दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र आगामी अक्टुबर १ तारिख टोकियोमा प्रदर्शन हुने सीसीआई ग्लोबल कम्पनीले जनाएको छ। चलचित्र टिकाको भोलिपल्ट टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुनेछ।

युट्यूवमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु सुपारी दाना’गीतले चर्चामा रहेको यो चलचित्र जापानवासी नेपालीहरुले बहुप्रतिक्षित चलचित्रको रुपमा लिइरहेका छन्।

‘दुई रुपियाँ’का लागि हुने ग्याङ फाइटको कथालाई निर्देशक असिम शाहले कमेडी शैलीमा यो चलचित्रमा उतारेका छन्।

चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहरी लगायतका कलाकारको मूख्य भूमिका छ ।

चलचित्रको टोकियोसहित तोचिगी, नागोया, फुकुओकालगायत जपानका अन्य मूख्य शहरमा पनि प्रदर्शन गरिने वितरक nनविन थापामगरले नागरिक न्यूजलाई जानकारी दिए ।

प्रकाशित: १२ आश्विन २०७४ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App