१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

देवभूमि सुदूर पश्चिमाञ्चलमा दशैं

–पद्यराज जोशी ‘प्रभात’
नेपाली समाज देव पितृ पूजक समाज हो । हामी जुन मान्यताका साथ देवतालाई पुज्दछौैं त्यही मान्यता अनुसार पितृलाई पनि पुज्दछौं । देव कार्य गर्दा नान्दीमुख श्राद्ध गरेर सबै पितृहरुको स्मरण गर्ने गरिन्छ भने श्राद्ध गर्दापनि देवताहरुको स्मरण पुजन गरेर पितृ कार्य गरिन्छ । यी दुवै अनुस्ठानहरु एक दोस्रोका परिपुरक हुन् र एक दोस्रोसंग गाँसिएका पनि छन् । यसै मान्यता अनुरुप शरदकालिन दशैमा पनि हामी दैव यज्ञ  र पितृ यज्ञ साथ साथै गर्दछौं । देवता भन्दा पनि बढी महत्व पितृका लागि दिने गरिन्छ । पितृ यज्ञमा बढी शुद्धिको ख्याल गरिन्छ र प्राथमिकतामा देवयज्ञ पूर्व पितृ यज्ञ गरिन्छ । त्यसै मान्यता अनुरुप हाम्रो सामाजिक जीवनमा हामी सर्वप्रथम सोह्रश्राद्ध भरी पितृको पूजन स्मरण गर्दछौं । पितृ यज्ञ सम्पन्न भईसके पछि मातृ सत्ताकी प्रतिक देवीको पूजा उपासनाका साथ अनुष्ठान गर्दछौं । हाम्रा सबै देव पितृ कार्यहरुमा सबै भन्दा ठूला अनुष्ठान यी दुर्ई यज्ञ हुन् । यिनै मान्यताहरु दशै पर्वको विशेषताहरु हुन् ।
विशेषतहः नेपाली समाज वैदिक समाज हो । नेपाली भू–खण्डमा बसोवास गर्ने हिन्दु र वौद्ध धर्माालम्वीहरु सबै सनातन वैदिक सभ्यता र संस्कृति बोकेका यी दुवै समुदाय अर्थात दुवै धर्मालम्वीहरु देव पितृ पूजक हुन् । नेपालको मैलिक साँस्कृति बोकेका यी दुवै समुदाय अर्थत दुवै धर्मालम्बी हुन् । यही वैदिक संस्कृतिको केन्द्र विन्दु हो । नेपालको काली–कर्णाली प्रदेश । नेपालका सम्दर्भमा खार्सय जातीको उद्गम थलेको रुपमा रहेको काली–कर्णली प्रदेशबाट नै सिङ्गो नेपालमा पर्वतीय आर्य संस्कृतिको विस्तार भएको पाइन्छ । खसार्यहरुले आफ्नो मौलिक संस्कृति र सभ्यतालाई बुझ्नको लागि काली–कर्णाली प्रदेशमा नै आउनु पर्ने हुन्छ । आर्य सांस्कृतिका प्राचीन अवशेषहरु प्रतिकात्मक तवरले आज पनि यस भू–खण्डमा विद्यमान छन् ।
हिमवत् खण्डमा पर्ने नेपाल आफैमा देव भूमि हो । देव भूमि नेपालको पनि केन्द्र विन्दु काली–कर्णाली प्रदेश हो । मानव सभ्यता र संस्कृतिको उद्गम थलो मानसरोवर र कैलाशपर्वतको दक्षिणी काखमा यो प्रदेश विद्यामन छ । प्राचिनकालको अन्तिम मातृ सतात्मक स्त्री राज्य यसै प्रदेशको उत्तरी भागमा अवस्थित रहेको तथ्य विभिन्न समाजशास्त्री मानवशास्त्रीहरुले पुष्टी गरिसकेका छन् । जो वैदिक कालकै समयावधिमा संचालित थियो । त्यस मातृसत्तात्मक समाजका अवशेषहरु आज पनि हाम्रो समाजमा प्रतिकका रुपमा विद्यमान छन् ।  महामायाको उपाासना, जाँत पर्व यसै सभ्यताका अवशेष हुन । सुदूरपश्चिममा विस्थापित भएको देवकन्या प्रथा र अन्य क्षेत्रमा विद्यमान रहेको कुमारी प्रथाको पृष्ठभूमि त्यहि महामाया साँस्कृतिसंग जोडिन पुग्दछ । फरक यति मात्रै हो देवकन्या प्रथा अव्यवस्थित भएका कारण अपमानित भयो र अमानवीय सावित पनि भयो । तर कुमारी पूजा व्यवस्थित भएका कारण मर्यादित र सांस्कृतिक बन्यो । यी सबै रितिरिवाज र पराम्पराहरु महामाया संस्कृति अर्थात् वैदिक संस्कृति संग आवद्ध छन् ।
काली–कर्णाली प्रदेशको भू–खण्ड देव संस्कृतिको उद्गम स्थल हो । यो भू–खण्ड मानसरोवरको जलप्रवाहले सिंचित छ । मानसरोवारबाट उद्भव भएकी कर्णाली र महाकाली नदी अलग अलग मुहान बाट अलग अलग दिशा भएर दक्षिण बाहिनी हुँदै भारतको खीरी जिल्लामा पुगेर यी दुवै नदिहरु संगमीत हुन्छन् । जहाँ कर्णाली र महाकालीको मिलन हुन्छ, त्यहाँबाट ती नदीको संयुक्त  नाम, सरयु रहन जान्छ । । नेपालमा कर्णालीको नामबाट सम्वोधन भएकी नदी भारतमा पुग्दा धागराको नामले सम्वोधित हुन्छन् । नेपालमा महाकालीको नामले सम्वोधन भएकी नदी कुमाउमा काली र समथल भागमा अर्थात टनकपुर क्षेत्रमा प्रवेश गरी सकेपछि भारतमा महाकाली नदी शारदा नदीको नामले सम्वोधन गरिन्छन् । ती दुवैको मिलनविन्दु बाट सरयु भएर अयोध्यामा जान्छन् र त्यहाँ गंगा मिलनका लागि आगाडी बढ्छन् । स्वर्ग अर्थात मानसरोवरबाट प्रवाह भएको नदी भएकाले त्यसको संयुक्त नाम सरयु रहन गएको अध्ययनले देखाउँछ । त्यही मानस क्षेत्र स्वर्ग हो र त्यसको राजधानी अलकापुरी (स्वर्ग) त्यो भन्दा पनि अझै उत्तर तर्फ रहेको विभिन्न अध्ययनले पुष्टी गरिसकेको छ । महाभारतमा वर्णन गरिएको हनुमान र भीमसेनको सम्वादमा यो भन्दा उत्तरतीर स्वर्गको सीमाना लागु हुन्छ, त्यहाँ जीउँदो मानिसले जान नस्कने हुदाँ तिमी मेरो भाई भएकोले तिमीलाई शक्ति दिन म यहाँ आएको हुँ भन्ने हनुमानको भनाइले पनि मानसरोवर क्षेत्र स्वर्गको भाग हो भन्ने प्रमाणीत गर्दछ । त्यही मानसरोवर क्षेत्रमा कुवेरको दरवार रहेको प्रसंग पनि महाभारतमा नै उल्लेखित छ । त्यसैको काखमा अवस्थित सुदूर पश्चिमको लोक जीवन वैदिक सभ्यता र संस्कृतिमा आधारित छ । यसै वैदिक संस्कृतिका प्रतिकहरुमा यहाँ मनाइने गौरा पर्व, दशैं र जाँतहरु हुन् । यी सबै मातृसत्त्ताका प्रतिक हुन । तथापी यस आलेखको उद्देश्य सुदूरमा पश्चिममा मनाइने दशैका विविध स्वरुपका विषयमा प्रकाश पर्नु रहेको छ ।
वर्तमान अवस्थामा दशै पर्व :– वर्तमान अवस्थामा दशैं नेपालको सामुहिक पहिचान बनी सकेको छ । दशैंले मेल मिलाप र सौहार्दताको पर्वको स्वरुप धारण गरिसकेको    छ । तीव्र गतिमा पारिवारिक विघटन भईरहेको वर्तमान परिप्रेक्षमा दशैं पारिवारिक मिलनको माध्यम बन्न गएको छ । नेपालमा अन्य भागमा लामो समयसम्म  अर्थात सप्तमी देखि पूर्णिमा सम्म दशैं मनाइने प्रचलन सुदूर पश्चिममा पनि व्यापक बन्दै गइरहेको छ । आफु भन्दा मान्यजनबाट टीका थापेर आशिर्वाद लिने परम्परा वैदिक काल देखि नै भएता पनि दशमी देखि पूर्णिमा सम्म टीका लगाउने प्रचलन काठमाण्डौंबाट भित्रिएको हो । यो परम्परा कसरी भित्रिएको भनी विश्लेषण गर्दा राणाकालमा राणाहरुले सर्वप्रथम आफ्नो परिवारलाई वर्गिकरण गरे । उनीहरुले ‘ए’ कलास ‘बी’ कलास र ‘सी’ कलास गरेर उनीहरुले आफ्नै परिवारका सदस्यहरुलाई  विभाजन गरे पछि ‘बी’ कलास  र ‘सी’ कलासलाई उपत्यका बाहिर पठाउने उद्देश्यले केन्द्रिय शासन व्यवस्थालाई पनि विकेन्द्रीत गरेर पूर्वमा धनकुटा, मध्यमा पाल्पा र पश्चिममा डोटीलाई आफ्नो प्रान्ती इकाइ बनाए र त्यहाँ गौडा स्थापित गरेर र जर्नेल, कर्नेल जस्ता सेनामा दरवन्दी पनि खडा गरे । प्रान्तीय प्रमुख तीनै राणा परिवारका सदस्यहरुलाई जर्नेल कर्नेल बनाएर पठााए । राणाहरु संगै  सेनाको  पल्टान पनि आयो । तीनै राणाहरु संग डोटीमा विलासी प्रवृतिको चाकरी प्रवृतिको दशैं भित्रियो । डोटीमा पनि विशेष गरेर सिलगढी बजार वरापर त्यस दशैको बढी प्रभाव परेको पाईयो । त्यो प्रभाव पनि सामन्यजन भन्दा कुलीन वर्गहरुमा नयाँ लुगा हाल्ने, राजसी तवरले खानपान गर्ने कार्य बढीमा मात्रामा प्रचलित भयो । जस्तो जस्तो सूचना, संचार र यातायातको विकास भयो । त्यसै अनुपातमा दशैंको राष्ट्रिय/अन्तर्राष्ट्रिकरण भयो । सुदूर पश्चिममा अझैं पनि टीका जमराको दशैं नमाउने गाउँ थुप्रै छन् । तिनीहरुले आफ्नो मौलिक दशैं मनाउँछन् । यो तडक भडकको दशैं काठमाण्र्डौं उपत्यकाबाट आयातित दशैं हो ।  

सुदूर पश्चिममा दशैं नहुने होइन । तर त्यो दशैंको आफ्नै मौलिक शैलीको छ । जो वैदिक सँस्कृति र सस्कारमा आधारित छ । विशेषतः यो दशै पूजा प्रधान दशैं हो । जसरी सुदूरपश्चिमबाट खसार्य जाती सर्दै पुर्व तिर गए त्यसै गरी पूर्वतिर भाषा सर्दै गयो । मानिस जहाँ जहाँ जान्छ उ आफ्ना भाषा र संस्कृति साथै बोकेर जान्छ । दशैं मुलतह आर्यहरुको पर्व हो ।


सुदूरपश्चिमको मौलिक दशैं :– सुदूर पश्चिममा दशैं नहुने होइन । तर त्यो दशैंको आफ्नै मौलिक शैलीको छ । जो वैदिक सँस्कृति र सस्कारमा आधारित छ । विशेषतः यो दशै पूजा प्रधान दशैं हो । जसरी सुदूरपश्चिमबाट खसार्य जाती सर्दै पुर्व तिर गए त्यसै गरी पूर्वतिर भाषा सर्दै गयो । मानिस जहाँ जहाँ जान्छ उ आफ्ना भाषा र संस्कृति साथै बोकेर जान्छ । दशैं मुलतह आर्यहरुको पर्व हो । शक्तिकी स्रोत महामाया भगवतीलाई तान्त्रिक विधि र पौराणिक विधि अनुसार पूजा अनुष्ठान गर्ने प्रचन प्राचिनकाल देखिएको हो ।
संस्कारका दृष्टिकोणले यो  आर्यावर्तमा बसोवास गर्ने सबै आर्य नै हुन् । अर्थात वैदिक जाती नै हुन् । वेद भन्दा पुर्व नकुनै जातीको निर्माण भएको छ नकुनै धर्मको  निर्माण भएको छ । बैदिक काल भन्दा पुर्व केवाल मानव जाती मात्रै थियो । त्यही बैदिककालको अवाशेषको रुपमा सुदूर पश्चिममा दशैं लगायतका चाडपर्वहरु मनाउने गरिन्छन् ।
सुदूर पश्चिमको मौैलिक दशैंको स्वरुप र विशेषताहरु: सुदू्रपश्चिममा घटस्थापनाको दिनमा जमरा राख्ने प्रचलन छ । त्यस जमरालई नयाँ सिजनको खेती वाली लगाउने कार्यको शुभारम्भ भएको मानिन्छ । त्यो नौं दिन सम्म पूजा गरेको जमरा लार्य पूर्णिमाको दिनमा विर्सजन गरिन्छ । डोटी क्षेत्रमा जमरा विर्सजन गर्ने कार्यलाई जमरा सेलाउनु भन्ने प्रचलन छ । जमरा पूर्णिमाका दिनमा सेलाउने (विसर्जन) गर्ने गरिन्छ । तिनै जमराबाट फलेको जौं को वाल टिपेर चैत्रमा देली वालोे लगाउने प्रचलन छ ।
नवरात्रीमा कहिले काही श्री मद देवी भागवत, सप्तसती चण्डी (सतचण्डी) जस्ता यज्ञ अनुष्ठान हरु गरेर पुुुरै नवरात्रीलाई यज्ञमय बनाउने प्रचलन पनि छ तर यो कहिल काही तथापी कुलिन वर्गमा मात्रै प्रचलनमा रहेको छ । भगवती मन्दिरमा पाठ गराउने प्रचलन सर्वसाधारण सबैमा छ । तर यो पकृया  प्राय अष्टमाीको दिनमा गर्ने गराउने गरिन्छ । भगवतीको पूजा पौराणिक र तान्त्रिक दुवै विधिद्धारा गने गरिान्छ । शैलेश्वरी, उग्रतारा, त्रिपुरा सुन्दरी जस्ता विशेष मन्दिरहरुमा पूर्णरुपेणा शास्त्रिय विधिविधान  अनुसार नृत्य पूजा पाठ चलिरहन्छ तर जुन नृत्य पूजापाठ हुदैन ती मन्दिरहरुमा अष्तमीको दिनमा पूजा गर्ने गरिन्छ । ती मन्दिरहरुलाई स्थानिय भाषामा माण्डौं भन्ने प्रचालन छ ।
वली प्रथामा आधारित ः सर्वसाधारण जनमानसमा दशैं भन्ने वित्तिकै वलि दिने र वली दिएको पशु पंछीको मासु खाने र खेलमान गरेर र रमाइलो गर्ने पर्वको रुपमा लिने गरिन्छ । तर ब्राहमण क्षेत्रीहरुले यस पर्वलाई यज्ञ अनुष्ठान गर्ने पर्वको रुपमा पनि लिने गरिन्छ । तर जो सर्वसाधारण हुन उनीहरुले बुझेको दशैं खानपिन गर्ने र रमाइलो गर्र्ने संग सम्वन्धित छ । जसको आफ्नै पहिचान छ ।
यस दशैंका केही मुलभूल विशेषताहरु छन् :–
१. प्रत्येक कुल वंशका मानिसहरुका छुट्ट छुट्टै देवी माण्डौं (मन्दिर) हरु निर्माण गरिएका हुन्छन् र त्यस कुल वंशका मानिसहरुले साझा रुपमा देवीको पजा गर्ने गर्दछन् । यस्ता माण्डौंहरु काहि ठूला हुन्छन् ् कहि साना । जो होस् यस्ता देवी मन्दिरहरुले त्यस कुलको वंशलाई एकताको सुत्रमा बाँध्ने काम गरि रहन्छ ।
२. ठूला देवी स्थानहरुमा नवराजको शुभारम्भ देखी नै अर्थात घटस्थापनाको दिन देखि नै विहान मिरमिरे उज्यालो संगै नौ माति बाजाको बढाइ सुरु हुन्छ र देवीको घाँइ लाग्दछ । यसमा बजाउने मानिसहरुको ठूलै समूह हुन्छ । कतै कतै २०– २५ जनम मिलेर दाइना, बाउँ, ढोल, झ्याली, नरसिंहाको तिकि धिकी संगै बाजा बजाउने कार्या गरिन्छ । जून बाजाको ताल हो त्यस लाई घाँइका नाम ले सम्वोधन गर्ने गरिन्छ । त्यस्ता घाँइहरु केवल दशैंको समयमा मात्रै बजाईन्छन् । दशैमा पनि शरद कालिन दशैं विशेष तवरले मनाइने गरिन्छ भने कतै कतै चैते दशैं लाई पनि धुमधामका साथ मनाउने गरिन्छ ।
३ं प्रत्येक देवाीस्थानमा बली दिने प्रचलन छ तर व्राहमणहरुले राङ्गाको वली दिदैनन् । क्षेत्री र अन्य समदयमा राङ्गाको वली दिने प्रचलन पनि छ ।
४ं वली दिने राङ्गाको सिङ्गमा तेल लगााइन्छ । सिङ्गकै वरिपरि कपडा वस्त्रले बाँधिन्छ । घाँटीमा  र सिङ्गमा फुलको मालाले श्रीङ्गगार गरिन्छ । एउटा ठूलो ध्वजा बनाईन्छ । बाजा गाजका साथ राङ्गोलाई गाउँको परिक्रमा गराएर देवी स्थानमा लग्ने गरिन्छ । सानो राङ्गो छ भने त्यसलाई मौलामा वली दिइन्छ । ठूलो पूर्ण वयष्क राङ्गो छ भने त्यसलाई दौडायर क्रुरुरतापूर्वक कुखुरी, तरवार, लठ्ठीले प्रहार गदैं त्यसको हत्या नै गरिन्छ । जून अत्यन्तै निर्दयी र क्रुर हुन्छ ।
५. राङ्गाको वली दिदा राङ्गाको ग्रीवाछेदन कसले गर्ने भन्ने वरिपरिका गाउँहरुमा परम्परा मा बाँधिएको हुन्छ। परम्परा अनुसार राङ्गो काट्ने थरीवरीको सदस्य दशैं स्थलमा छ भने सम्मान स्वरुप उसलाई राङ्गो काट्न दिने प्रचलन छ । यदि त्यस्तो मानिस दशैं स्थलमा आएको छैन गाउँ घरकै मानिसले त्यो राङ्गाको वली दिने काम गर्दछन् ।
६. देवीको जुन श्री विगुह अर्थात मुर्ति या शिला स्थापना गरिएको हुन्छ । त्यसमा जीव वली निषेद मानिन्छ । त्यसमा दुधमा चामल भिजाएर त्यसको पूजा लगाइन्छ । त्यही नै त्यसको मूख्य वली हो । त्यो दुध र चामललाई पकाएर प्रसादको रुपमा सबैले ग्रहण गर्ने गर्दछन् ।
७. देवीको एउटा माण्डौं (मन्दिर) हुन्छ भने त्यसको एउटा भण्डार पनि हुन्छ । देवी भण्डारमा देवीपुजनकमा सामाग्रीहरु शंख, घष्ट, पंचपात्र, धुपेउरो आदि राखिएका हुन्छन् । दशैको दिनमा बाजा गाजा सहित एउटा डालोमा राखेर त्यो     डालोलाई रातो सेतो वस्त्रले ढाकेर जो रजवार वा भण्डार्ी हुन्छ उुसले त्यो डालालाई टाउकोमा राखेर मन्दिर सम्म लैजाने गर्दछन् । त्यसकार्यलाई पैट ल्याउने वा लैजाने भन्ने गरिन्छ ।
८. वली दिने कार्य सम्पन्न भई सकेपछि अष्टमीकोे राती डेउडा खेलेर रातभरी उत्सव मनाउने गरिन्छ । केटा र केटीका समुहका विचमा दोहरी चल्छ । तर त्यो बसेर होइन डेउडा खेल्दै गाउँदै पदचाल मिलाएर घुम्दै जवाफ सवाल गर्ने गर्दछन् । त्यस परम्पराको पृष्भूमिका संकेत हरु मदनमणी दीक्षितकोे भूमिशूक्टमा उल्लेख गरिएका छन् ।
९. पशुलाई वध गर्नु पूर्व पशुको शिरमा वधका लागि यज्ञ कर्ताले संकल्प गर्ने प्रचलन छ । संकल्प गरि सके पछि बोकाको सन्दर्भमा कान फुकेर मन्त्र     सुुनाउने प्रचलन छ । जसलाई छागवली घातयष्य भन्ने प्रचलन छ । यसले छाग महाजातीको इतिहास तर्फ संकेत गर्दछ । छाग महाजाती को इतिहासका सन्दर्भमा प्रा.डा.वालकृष्ण पोखरेलको खस जातीको इतिहास हेर्न सान्दर्भिक छ ।
१०. वोकाको शिरमा र शरीरमा पंचगव्य र जल छर्केर बोकालाई पर्छाउने गरिन्छ । बोका न पर्छे सम्म
देवी स्थानमा त्यो वोकाको वली गरिदैन । वोका पर्छेमा देवी कालिकाले स्वीकारेको मानिन्छ ।
११. वली गरेको बोकाको टाउकोमा बत्ती बाल्ने गरिन्छ ।
१२. नवमाीको दिनको दशैलाई राजाको दशैं भन्ने प्रचलन पनि कतिपयमा स्थानमा रहेको पाइन्छ ।
१३. गाउँ घरका सबै मानिसहरु मिलेर एउटा वोकालाई वली दिने प्रचलन छ त्यस वोकालाई पंचवाले वोका भन्ने प्रचलन छ । त्यस वोकाको मासु प्रत्येक घरमा बाड्ने प्रचलन छ ।
१४. दशैंमा हुनेले न हुनेलाई दिनु पर्ने पम्परा रहँदैं आएको छ । वोका वली गरेको परिवारले वली नगरेको परिवारलाई काचो वा पकाएको मासु बाँडने परम्परा छ । जुन जुन घरको मानिसले बोका काटेको छैन त्यस घरमा मासु बाँड्ने प्रचलन छ । सुदूर पश्चिमेली  समाजको मुल विशेषता यही हो । दशैंको मासुको अतिरिक्त विभिन्न चाडपर्वाहरुमा गोरस नहुनेको घरमा हुनेले अनिवार्य रुपमा दुध दही गोरस बाँड्नु पर्ने प्रचलन रहँदै आएको छ ।
१५. दशैंमा सबैको चुलोमा आगो बल्छ । हुनेले नहुनेलाई दिनु पर्दछद । यही सुदूर पश्चिमको मौलिक संस्कृतिकोा स्वरुप र विशेषता हो ।
१६. सुदूर पश्चिमको परम्परागत दशैंमा केवल दशमीको दिनमा मात्रै टीका लगाइने गरिन्छ । ठुला ठूला गर्खा (गाउँ) हरुमा सबैजना एकै ठाउँमा जम्मा भएर टीका लगाउने प्रचलन पनि छ । त्यस क्रममा रोलक्रम अनुसार ठुलोले सानो लाई टीका लगाउने दिने प्रचलन छ । यसमा कुनै पनि जिन्सी वा नगदी उपहार नदिई कन केवल साद्भावको प्रचलन सुदूर पश्चिमको मौलिक दशैमा रहदै आएको छ । सुदूरपश्चिमको पराम्परागत दशैंको विशेषता पनि यही हो । तर आजभोलि सुदू्रपश्चिममा पनि दान दक्षिणा परिणात भईसकेका छन् ।
१७. सुदूर पश्चिमका प्रसिद्ध दशैंहरु :
अछामको गाँजराको दशैं र मार्गुको सान्नीकोटकोे दशैं, सोगतको मानिगाडाको चैतै दशैं, डोटीमा निरौलीको दशैं, पोवरी कोटसलेनाको दशैं, बैतडी मैलौली, निगंलाशैनी, त्रिपुरा सुन्दरी र डिलासैनीका ..... । डडेल्धुरामा उग्रताराको दशैं पशुवलीका दृष्टिकोणले र सहभाागिताको दृष्टिकोणले महत्वपुर्ण दशैहरु हुन् ।,
१८. दशैं पर्वले पार्ने विभिन्न
आर्थिक प्रभावहरु :– दशैंको समयमा किसानहरुले आफ्ना पशुपन्छीहरुलाई विक्रि वितरण गर्ने गर्दछन् । जासको आम्दानीको मुख्य स्रोत नै दशैंमा विक्रि गरिने पशुपन्छीहरु नै हुन् । यस अत्तिरिक्त लुगा कपडा खाद्या समाग्रीको खरिद विक्रिले गर्दा सिङ्गो समाजमा आर्थिक व्यवस्था चलायमान बनिरहेको हुन्छ ।

सामाजिक प्रभव : – दशैं पर्व एकता सद्भाव र मेलमिलपको पर्व हो । यस पर्वले आफ्नो कुलवंशका सदस्यहरुलाई एकताको सुत्रमा बाध्ने कार्य गरिरहन्छ । र यिनै सामाजिक पर्व भित्र समाजको मौलिक पहिचान लुकेको हुन्छ । मनोरञ्जनका दृष्टिकोणले पनि मौलिक दशैं पर्वको महत्वपूर्ण स्थान रहेका पाईन्छ ।
साँस्कृतिक प्रभाव :– दशैं पर्वले हाम्रा प्रचिनकाल देखिका सामाजिक साँस्कृतिक मूल्य र मान्यताहरुलाई एक पिडीबाट दोस्रो पिडिमा हस्तान्तरण गर्न ठूलो योगदाय पु¥याएको हुन्छ । हाम्रा मौलिक पहिचानका रुपमा स्थापित भएका मूल्य र मान्यताहरुले हामीलाई विश्व जगतमा पृथक पहिचान प्रदान कार्य पनि गरिरहेको हुन्छ । यसैले दशैं नेपाली समाजको मौलिक पहिचान हो र परिचायक तत्व पनि हो ।

प्रकाशित: १२ आश्विन २०७४ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App