विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

बिहिबार, १२ असोज २०७४, १३ : ३१ नागरिक

खोटाङ-  वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्दैगर्दा विदेशमै ज्यान गुमाएकाका बालबच्चाका लागि जिल्ला शिक्षा कार्यालय खोटाङमा वैदेशिक रोजगार प्रवद्र्घन बोर्डबाट छात्रवृत्ति रकम आएको हो ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका अभिभावकका बालबच्चाले अध्ययन गर्दै गरेको विद्यालय तथा जिल्ला शिक्षा कार्यालयको सिफारिस, राहदानी, श्रम स्वीकृति, नाता प्रमाणित, करार अवधिमा मृत्यु भएको खुल्ने कागजात वा मृत्यु दर्ता लगायतको कागजात उपलब्ध गराएपछि सो छात्रवृत्ति रकम उपलब्ध गराइने जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए।

वैदेशिक रोजगारीमा जाँदा कल्याणकारी कोषमा अनिवार्य जम्मा गर्नुपर्ने रु एक हजार रकमअन्तर्गत नै छात्रवृत्ति प्रदान गरिने व्यवस्था वैदेशिक रोजगार प्रवद्र्घन बोर्डले गरेको जनाइएको छ । ८ कक्षासम्मका विद्यार्थीलाई वार्षिक रु आठ हजार र १२ कक्षासम्मका बालबालिकालाई वार्षिक रु १२ हजार रकम छात्रवृत्तिस्वरुप प्रदान गरिने जनाइएको छ । यो वर्ष जिल्लाका विभिन्न २२ बालबालिकाका लागि जम्मा रु एक लाख ४४ हजार रकम आएको छ।

छात्रवृत्ति उपलब्ध गराउनका लागि जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना, सामी सूचना तथा परामर्श केन्द्रले सम्पर्क समन्वय गर्दै आएको छ । अघिल्लो वर्ष जम्मा तीन जनाले यस्तो छात्रवृत्ति प्राप्त गरेका थिए ।

बोर्डले यस्तो सेवासुविधा प्रदान गरेपनि त्यसका लागि सूचना, जानकारी तथा सम्पर्क समन्वय नहुँदा जिल्लाका कतिपय बालबालिका यस्तो सेवाबाट वञ्चित हुने गरेका छन् । रासस
 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...