coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वडासचिवले भत्ताको चेक बोकेर सम्पर्कमा आएनन्

पाल्पा, असोज १२ – पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । 

वडा सचिव प्रेम नेपालीले असोज ९ मा रम्भा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको करिब रु १७ लाखको चेक बोकेर कार्यालयको सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले बताए । ‘गाउँपालिकाबाट चेक बुझेपछि पटकपटक फोन गर्दासमेत उनले फोन नउठाएपछि दशैँमा ज्येष्ठ नागरिक, एकल महिला तथा दलित बालबालिकाले भत्ता पाएनन्,’उनले भने । 

असोज ९ र १० सम्म तानसेन रहेका वडासचिव कार्यालयमा हाजिर नभएपछि भत्ता वितरण गर्न नसकिएको हो । सरकारी मोटरसाइकलसमेत लिई सम्पर्कबिहीन भएका थिए । रम्घा गाउपालिका–४, हुमिनमा १ सय ३० ज्येष्ठ नागरिक, ५७ एकल महिला, ५२ ज्येष्ठ दलित र ४५ जना दलित बालबालिका रहेको कार्यालयले जनाएको छ । चार महिनामा ज्येष्ठ नागरिकले आठ हजार, एकल महिलाले चार हजार, ज्येष्ठ दलितले चार हजार र दलित बालबालिकाले रु दुई हजार ४ सय प्रतिव्यक्ति सामाजिक सुरक्षा भत्ता बुझ्छन् ।
 

प्रकाशित: १२ आश्विन २०७४ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App