८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले फेरि पहिलो पार्टी हुन्छ : सचिव ज्ञवाली

नवलपरासी, असोज १२ – नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले पहिलो पार्टी हुने दावी गरेका छन् । नवलपरासीमा नेकपा (एमाले), सुनवल नगर कमिटीले बुधबार सुनवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सचिव ज्ञवालीले एमाले पहिलो पार्टी हुने दावी गरेका हुन् । 
‘विगतका सबै कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई पहिलो बनाउने गरी चुनावमा केन्द्रित हुनेछ । अब प्रदेश र केन्द्रमा पनि एमालेले बहुमत ल्याएर एमालेको सरकार बनाउने छ । प्रदेश नम्बर २ को चुनावमा सिट संख्याको हिसाबले कमजोर देखिए पनि समग्र भोटको हिसाबले एमाले दोस्रो नम्बरमा रहेकाले तत्काल आत्तिनपर्ने अवस्था सृजना भइसकेको छैन,’उनले भने ।

प्रकाशित: १२ आश्विन २०७४ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App