चितवनका बैंकबाट तीन अर्ब रुपैयाँ बाहिरियो

बुधबार, ११ असोज २०७४, २० : २४ नागरिक

चितवन-नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ। 

असोज १ गतेबाट बैंकिङ कारोबार भएका सात दिनमा सो रकम बितरण गरिएको हो । बैंकका प्रबन्धक हेमराज मरहठ्ठाका अनुसार नोटको अभाव नभएकाले मागे जति रकम वितरण गरिएको बताए। 

गत वर्षहरुमा दशैँको बेला नोटको अभाव हुने गर्दथ्यो। नोटकोषको जिम्मेवारी भएकाले जिल्लामा रहेका सबै बैंक तथा वित्तीय संस्थाले यसै शाखाबाट नोट लैजाने गर्दछन्। मरहठ्ठाका अनुसार जिल्लाका अधिकांश सरकारी र गैरसरकारी कार्यालयका खाता यसै बैंकमा भएकाले उनीहरुमार्फत पनि ठूलो मात्रामा रकम बैंकबाट बाहिरिने गर्दछ । 

जिल्लामा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले वाणिज्य बैंकबाट नोट लैजाने गर्दछन्। चाडपर्वको समयमा शिक्षकको तीन महिनाको तलबसहित दशैँ भत्ता र अन्य कर्मचारीको दशैँ भत्ता, तलब लगायतका सुविधा दिने हुँदा धेरै रकम एकै साथ बैंकबाट बाहिरिने गर्दछ। 

यसैगरी सो शाखाले यही अवधिमा १४ करोड रुपैयाँ नयाँ नोट वितरण गरेको छ। जिल्लामा यही असोज २ गतेदेखि नयाँ नोट वितरण शुरु गरिएको थियो। मरहठ्ठाले यस वर्ष पर्याप्त मात्रामा नयाँ नोट वितरण गरिएको जानकारी दिए। 

बैंकमा आउने कसैलाई पनि रित्तो हात नपठाइएको उनको भनाइ छ। गत वर्ष चितवनमा एक करोड ५० लाख रुपैयाँको मात्र नयाँ नोट आएपछि सर्वसाधरणले सहज रुपमा नयाँ नोट पाएका थिएनन् । तर यसपटक आवश्यक मात्रामा नयाँ नोट भित्रिएपछि ग्राहकले सहज रुपमा नयाँ नोट पाएका छन्। 

राष्ट्रिय वाणिज्य बैंकका शाखा नारायणगढ, टाँडी, पर्साढाप, नवलपरासीको गैँडाकोट र कावासोतीबाट नयाँ नोट वितरण गरिएको थियो । बैंकले एक जनालाई अधिकतम १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट दिइएको मरहठ्ठाले जानकारी दिए। भरतपुर शाखाले दैनिक ७०० जनालाई नयाँ नोट वितरण गरिएको जानकारी दिएको छ । 

राष्ट्रिय वाणिज्य बैंकले सय, ५०, २०, १० र ५ रुपैयाँका नयाँ नोट वितरण गरेको हो । रासस








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad