coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिविका आंशिक प्राध्यापक आमरण अनशनमा

काठमाडौँ, असोज ११ – आंशिक प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिन माग गर्दै बुधबारदेखि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कार्यालयमा आमरण अनशन सुरु गरेका छन् । 

आंशिक प्राध्यापक संघको आह्वानमा चितवनस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका शिक्षक डा. महेश गजुरेल अनशनमा बसेका छन् । ‘यसअघि ६४ दिनको रिले अनशनको दौरान आंशिक प्राध्यापकहरुको करारमा नियुक्ति दिनेबारे सुनुवाइ हुननसकेपछि दसैंमा आमरण अनशन सुरु गर्न बाध्य भएका हौं,’ आंशिक प्राध्यापक संघका केन्द्रीय सदस्य विष्णु लम्सालले भने । त्रिभुवन विश्वविद्यालयले मातहतका क्याम्पसमा करिव १५ सय आंशिक प्राध्यापकहरुको आवश्यकता रहेको जनाएपनि करार नियुक्ति दिन सकेको छैन् । 
 

प्रकाशित: ११ आश्विन २०७४ १४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App