८ वैशाख २०८१ शनिबार
समाज

फागुनमा लुम्बिनी शान्ति म्यारथन अायोजना हुने

काठमाडौं— ३८ औं विश्व पर्यटन दिवस अबसर पारेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन पर्यटनमन्त्री जितेन्द्र देवले बुधबार विश्वकै पहिलो आध्यात्मिक खेलकुद गतिबिधि र विश्वकै पहिलो शान्ति म्याराथन – लुम्बिनी शान्ति म्याराथन २०१८ को घोषणा गरेका छन्। उक्त दौड सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी भगवान बुद्धको रुपमा स्वदेश फर्केको दिन ९फागु पूर्णिमा० मा लुम्बिनीमा आयोजना हुनेछ। यस बर्षको म्याराथन फागुन १७ का दिन आयोजना हुनेछ।

दौडको आयोजन बुद्धिष्ट सर्किट्स डट् कमले राष्ट्रिय पर्यटन प्रतिष्ठान तथा एडभेन्चर स्पोर्ट्स टुरिजम सोसाईटिको तत्वबधानमा गर्न लागेको हो। कार्यक्रममा बोल्दै मन्त्रि देबले खेलुकदको माध्यमबाट बुद्धिष्ट सम्पदाहरुको संरक्षण तथा प्रबर्द्धन गर्ने निजी क्षेत्रको प्रशंसा गरे। यो म्याराथन पर्यटन र खेलकुद क्षेत्रमा एक महत्वपूर्ण गतिबिधिको रुपमा स्थापित हुने बिश्वास लिएको पनि देवले बताए।

लुम्बिनी शान्ति म्याराथनका परिकल्पनाकार तथा शोधकर्ता बिक्रम पाण्डे काजीले निजी क्षेत्रले म्याराथनको प्रबर्द्धनात्मक पुस्तिकाको अनावरण गरेर विश्व पर्यटन दिबस मनाएको बताए। “यो म्याराथन नेपालको विश्व पर्यटन बजारलाइ विश्व पर्यटन दिबसको एक अनुपम उपहारको रुपमा रहने पाण्डेको भनाइ थियो।

यो आध्यात्मिक दौड कुदानबाट शुरु भइ गोटिहवा, बुद्ध गङ्गा (बाणगङ्गा) नदी, कपिलबस्तु किल्ला, तिलौराकोट दरबार हुँदै निग्लिहवा, अरोरकोट र दोहनी हुँदै लुम्बिनी शान्ति उद्यानमा पुगेर समापन हुनेछ।  

दौडमा तीन स्पर्धा हुनेछन्– ओलम्पिक स्तरको म्याराथन ९४२।१२९ किमि०, हाफ म्याराथन ९२१ किमी० र विद्यार्थी दौड ९५र७ किमी०।  ओलम्पिक स्तरको म्याराथन बिजेताले नगद रु १००,००० पाउनेछन् भने दोस्रो र तेस्रो स्थानमा रहने धाबकले क्रमश रु ७५,००० र रु ५०,००० पाउनेछन्। 

प्रथम पुरस्कार बर्तमानको लुम्बिनी नै भगवान बुद्धको जन्मस्थल हो भनेर ठोकुवा गरी अशोक स्तम्भ ठड्याऊने सम्राट अशोकको नाममा स्थापना गरिएको छ। त्यसैगरी दोस्रो पुरस्कार सातौँ शाताब्दिमा लुम्बिनीको भ्रमण गरी आफ्नो यात्रा वृतान्तमा लुम्बिनी कपिलबस्तु क्षेत्रको सविस्तार बर्णन गर्ने चिनियाँ यात्री हुयन सांगको नाममा राखिएको छ। तेस्रो पुरस्कार संयुक्त राष्ट्र संघका पूर्व महासचिब उथान्तको नाममा राखिएको छ। स्मरण रहोस् उथान्तले सन् १९६७ मा लुम्बिनी क्षेत्रलाई स्वर्गको एक पबित्र उद्यानका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए। 

लुम्बिनी शान्ति म्याराथनबारे टिप्पणी गर्दै म्याराथनका परिकल्पनाकार बिक्रम पाण्डे काजीले लुम्बिनी शान्ति म्याराथन नेपाली पर्यटन र खेल्कुद क्षेत्रमा एक कोशेढुंगाका रुपमा स्थापित हुने बिश्वास ब्यक्त गरे। “यो दौडले लुम्बिनीलाई विश्व बजारमा प्रबर्द्धन गर्ने मात्र नभई यसलाई बुद्धिस्ट सर्किट यात्राको शुरुवाती बिन्दुको रुपमा स्थापित गर्नेछ,” पाण्डेले बताए।

 

प्रकाशित: ११ आश्विन २०७४ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App