८ वैशाख २०८१ शनिबार
समाज

पृथ्वीनारायण शाहको खड्ग जाजरकोट दरवारमा

जाजरकोट- गोर्खाका राजा पृथ्वीनारायण शाहले  २ सय  ४९ वर्ष अघि जाजरकोटी  राजा हरि शाहलाई  उपहार स्वरुप दिएको  खड्ग वुधबार जाजरकोट दरबारमा  भित्रिएको छ।

 दशैंको  सातौ दिन अर्थातका फुलपातीका  अवसरमा   विशेष पूजा गरि उक्त खड्गलाई खलंगाको पिपलडाँडा स्थित जाजरकोट दरवारमा भित्रयाइएको  हो। तत्कालीन  समयमा  शक्तिको प्रतीकको रुपमा पुजिने गरिएको उक्त तरवारला२ खर्के देउताको रुपमा  स्थानीयले पुज्ने गरेका छन्। वडा दशैंको  फुलपाती भित्रयाउने  परम्परा अनुसार   सदरमुकाम खलंगाको रानागाउँ  स्थित  २ सय २२ वर्ष पुरानो  कालिका मन्दिरवाट विशेष  सुरक्षा सहित  वुधबार उक्त  खड्ग जाजरकोट दरवारमा भित्रयाइएको हो।

 नेपाल एकीकरणको  अभियानमा रहेका पृथ्वीनारायण शाहले  १८२५ माघ ५ गते उक्त खड्ग जाजरकोटी राजा हरि शाहलाई  उपहार स्वरुप दिएका थिए। पृथ्वीनारायण  शाह र जाजरकोटी राजा हरि शाहकाबीचमा गोर्खाली सेना  पश्चिम आक्रमणमा निस्किए जाजरकोटी सेनाले सहयोग गर्ने र जाजरकोटी सेना पूर्वतिर आक्रमणमा निस्किए  गोर्खाली सेनाले सहयोग गर्ने भनी  सम्झौता गर्दै उक्त खड्ग साटासाट भएको  ऐतिहासिक दस्तावेजमा लेखिएको छ।  पुर्णिमाको रातमा भारतको काँसीको मणिकर्णिका घाटमा  जल छोएर मितेरी साइनो गाँस्दै शक्तिको प्रतीक  स्वरुप उक्त खड्ग जाजरकोटी राजालाई पृथ्वीनारायाण शाहले दिएका थिए । दुइ राज्यकाबीचमा एक अर्कालाई सहयोग गर्ने  सम्झौता गर्दै दुवै राजाले  मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा  उक्त खड्ग जाजरकोटी राजाले पाएका थिए । झन्डै  ७ सय वर्ष अघि स्थापना भएको  जाजरकोट राज्यको  सुरुको राजधानी जगतिपुरमा राखिएको  उक्त  खड्ग १८५२ सालमा  अहिलेको सदरमुकाम खलंगामा राजधानी  सारिएपछि दशैंको फुलपातीका दिन विशेष पुजाआजा सहित  जगतिपुरवाट खलंगा दरवारमा  ल्याउने परम्पार सुरु भएको  स्थानीय वृद्ध नागरिक अगुवा केशवजंग शाहले बताए। जगतिपुरमा रहेको  राजा र देवताको शक्तिलाई विस्तारै  खलंगा स्थित दरवारमा सार्ने उदेश्यले  प्रत्येक वर्ष फुलपातीका दिन पुजाआजा सहित  उक्त खड्गलाई खर्के देउताको रुपमा पुज्दै  ल्याउन थालिएको  शाहले बताए। फुलपातीका दिन  जाजरकोट दरवारमा भित्रयाइएको  उक्त खड्गलाई  दशैंको अष्टमी, महानवमी र विजयादशीमीको दिन सम्म पन्चे बाजाको ध्वनीका साथ बोका, रांगाको वली दिएर भव्य रुपमा पूजा गरि एकादशीका दिन  जगतिपुरमै फर्काउने परम्परा रहेको  छ । १० वर्षे  द्धन्दका क्रममा  असुरक्षाका कारण रानागाउँ स्थित कालिका मन्दिरमै राख्ने गरिएको  थियो। अब शान्ति आइसकेकोले  खड्गलाई  जगतिपुरको मन्दिरमै राख्नु पर्ने  खड्ग पुजारी  सत्यप्रसाद शर्माले बताए।

जाजरकोट राज्यको उत्पति र  खड्ग सुरुमा राखिएको  मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाई  जगतिपुरमै राख्नुपर्ने  पुजारी शर्माको भनाई छ। जाजरकोटी शाह ठकुरीहरुले  मुख्य जिम्मा लिएर  मनाइने  खर्के देउता पूजा अहिले  ओझेल पर्दै गएको छ ।

प्रकाशित: ११ आश्विन २०७४ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App