७ वैशाख २०८१ शुक्रबार
अर्थ

दुई महिनामा आठ अर्बका गाडी आयात

वीरगन्ज, असोज ११ (रासस)– चालु आर्थिक वर्षको साउन, भदौमा भारतबाट आठ अर्ब मूल्य बराबरका सवारी साधन नेपाल भित्रिएका छन् ।
यसबाट वीरगन्ज भन्सार कार्यालयलाई कुल राजस्वमध्ये ३० प्रतिशत राजस्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले बताए ।
वीरगन्ज भन्सार कार्यालयका अनुुसार चालु आवको साउन, भदौ महिनामा भारतबाट दुई करोड सात लाख तीन हजार मूल्य बराबरको ३० वटा बस, १२ करोड ७७ लाख ८६ हजार मूल्य बराबरको ६३ थान मिनीबस, २१ लाख मूल्य बराबरको एक थान माइक्रो बस, तीन अर्ब ६२ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको दुई हजार दुई सय ८५ थान जिपकार भ्यान, २७ करोड २५ लाख मूल्य बराबरको दुई सय १८ थान डबल क्याप पिकअप, २० करोड १६ लाख मूल्य बराबरको दुई सय ८७ थान सिंगल क्याप पिकअपजस्ता सवारी साधन नेपाल भि¥याएको हो ।
यसैगरी, सोही अवधिमा भारतबाट २५ करोड ४६ लाख ४१ हजार मूल्य बराबरको दुई सय ८३ थान ट्रक मिनी ट्रक, ४८ करोड ८७ लाख ४४ हजार मूल्य बराबरको ६ सय ३४ थान बस, ट्रकको चेसिस तथा दुई अर्ब ७१ करोड ६७ लाख ५१ हजार मूल्य बराबरको ३५ हजार आठ सय १४ थान विभिन्न कम्पनीको मोटरसाइकल नेपाल भि¥याएको छ ।
दसैं, तिहार तथा छठमा बिक्रेताले विभिन्न प्रकारका उपहारको स्किम राख्ने भएकाले बिक्री बढ्न जाँदा वीरगन्ज नाकाबाट दुई महिनाभित्रै यति ठूलो परिणाममा सवारीसाधन नेपाल भिœयाएको छ । अन्तःशुल्क, भन्सार र भ्याटसमेत विभिन्न प्रकारका गाडीमा दुई सय २६ प्रतिशत कर लाग्ने भए पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी सवारीसाधन वीरगन्ज नाका भएर भित्रिएको हो ।
बिलासिताको श्रेणीमा गाडी आउने र ग्राहक पनि बढ्न गएकाले गत वर्षको तुलनामा यस वर्ष गाडी आयातमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ । अघिल्लो वर्षको साउन, भदौ महिनामा ६ अर्ब ५० लाख मूल्य बराबरको विभिन्न प्रकारका गाडी नेपाल भित्रिएका थिए ।

प्रकाशित: ११ आश्विन २०७४ ०५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App