७ वैशाख २०८१ शुक्रबार
खेल

सोलिडारिटी कप विजेतालाई नगद

काठमाडौं, असोज ९(नागरिक)– एएफसी सोलिडारिटी कप विजेता नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरेको नगद रकम प्रदान गरेको छ ।
नेपालले मलेसियामा नोभेम्बर २ देखि १५ सम्म भएको सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
घोषणा गरेको करिब एक वर्षपछि एन्फाले मंगलबार सातदोबाटोस्थित एन्फा कार्यालयमा खेलाडीलाई नगद रकम प्रदान गर्यो ।


फाइनलमा नेपालले मकाउलाई १–० ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।


एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले विजेता टोलीका सदस्यलाई नगद रकम प्रदान गरेका थिए । मलेसियामा भएको सोलिडारिटी कपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।नेपालले समूह चरणको पहिलो खेलमा टिमोरलिस्टसँग गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो खेलमा नेपालले बु्रनाइलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको थियो ।
सेमिफाइनलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० ले हराउँदै उपाधि नजिक पुगेको थियो । र फाइनलमा नेपालले मकाउलाई १–० ले हराउँदै उपाधि जित्न सफल भएको थियो । सोलिडारिटी कप जित्नुअघि खेलमिलेमतोमा राष्ट्रिय टोलीका कप्तान सागर थापासहितका पाँच खेलाडीलाई आरोप लागेको थियो । त्यसले फुटबलमा नकारात्मक असर गरिरहेको बेला सोलिडारिटी कपको सफलताले घरेलु फुटबलमा केही आशा जगाएको थियो ।
यसै गरी एन्फाले पहिलो पटक फुटबल टोलीका व्यवस्थापकलाई पनि नगद रकम प्रदान गरेको छ ।
सोलिडारिटी कप खेलेका २३ खेलाडी, तीन प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई नगद रकम प्रदान गरिएको हो ।
यसै गरी एन्फाले दुई महिनाअघि काठमाडौंमा भएको साफ यु– १५ फुटबल च्याम्पियनसिपको फाइनलमा भारतसँग पराजित भएको नेपाली युवा टोलीलाई पनि जनही २५ हजार प्रदान गरेको छ । साफ च्याम्पियनसिपका तीन प्रशिक्षक, व्यवस्थापक, फिजियोलाई पनि नगद २५ हजार प्रदान गरिएको एन्फाले बताएको छ ।

प्रकाशित: ११ आश्विन २०७४ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App