७ वैशाख २०८१ शुक्रबार
समाज

पाटेबाघ सिकारमा ६ भारतीय गिरोह

काठमाडौं- सातौं बाघ दिवसका अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विश्वकै दुर्लभ वन्यजन्तु पाटेबाघ सिकारमा नेपालीभन्दा भारतीय समूह धेरै सक्रिय भएको जनाएको छ।

केन्द्रको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले नेपाल र भारतका बाघको सिकार गर्न सक्रिय आठ वटा समूह पहिचान भइसकेको जानकारी दिए। 'ती समूहमध्ये नेपाली संलग्न दुईवटै समूहका नाइकेहरुलाई पक्राउ गरेर तहसनहस बनाइसकेका छौं', उनले भने, 'भारतका छवटा समूह निस्तेज पार्न सरोकारवाला निकायस“ग समन्वय भइरहेको छ।'

केन्द्रमा वन्यजन्तु अपराध नियन्त्रण युनिटको नेतृत्व गरिरहेका पोखरेलका अनुसार सन् २०१५ भित्र देशका विभिन्न स्थानबाट १५ वटा बाघका छाला बरामद भएका थिए। तीमध्ये चारवटा र बा“की भारतका बाघका हुन्।

'यसरी बरामद छाला र अंग हेर्दा भारतीय गिरोहको सक्रियता बढी देखिन्छ', वन मन्त्रालय, विश्व वन्यजन्तु कोषलगायत संस्थाले संयुक्त रुपमा गरेको अन्तर्त्रि्कयामा उनले भने।

पोखरेलका अनुसार नेपालमा बरामद भएकामध्ये दुइटा बन्जाराले मारेका र दुइटा प्राकृतिक कारणले मरेका बाघका छाला हुन्। बा“की भारतका पाटेबाघका छाला हुन्। 'नेपालीको संलग्नता बाघ मार्ने काममा नभई मध्यस्थकर्ताको भूमिकामा छ', उनले भने, 'त्यसमा पनि तिब्बतीमूलका मान्छेको बाहुल्य छ।'

उनले बाघ मार्न र तस्करी गर्न चिनिया“ व्यापारीको पैसा भारत पुर्‍याउने र भारतको पैसा चीन पुर्‍याउने काम नेपालीले गरिरहेको जानकारी पनि दिए। 'मार्ने काममा ९० प्रतिशत संलग्नता भारतीयको छ, अझ त्यसमा पनि बन्जारा बढी छन्', पोखरेलले भने।

उनका अनुसार भारतका विहार, उत्तरप्रदेश र उत्तराखण्डका व्यक्ति संलग्न छवटा समूह सक्रिय छन्। बन्जराबाहेक दुवै भारतकै आपराधिक समूह बाघ मार्ने काममा सक्रिय छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. महेश्वर ढकालका अनुसार बाघ संरक्षणमा सन् २०१५ दुःखद रह्यो। १५ वटा छाला भेटिए। १२१ किलो बाघको हड्डी बरामद भयो। यसमा संलग्न २१ जनालाई केन्द्रले विभिन्न निकायको सहयोगमा पक्राउ गरेको थियो।

'हामीले छ महिनाभित्र यो सबै उपलब्धि हासिल गरेका हौं, विगतका घटनाक्रम हेर्दा पाटेबाघ जंगलमा पूर्ण रुपमा छैनन् भन्ने पुष्टि हुन्छ र आगामी दिनमा अझै सशक्त रुपमा अघि बढ्नुपर्ने देखिन्छ', उनले भने। ढकालले विकास निर्माणबीचको सन्तुलन कायम गर्ने चुनौती संरक्षणका क्षेत्रमा देखा परेको पनि उल्लेख गरे।

सन् २०१३ को पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफा“टामा वन्जयन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७ र पछिल्लो निकुञ्ज बा“के र त्यसको मध्यवर्ती क्षेत्रमा ४ वटा बाघ फेला परेका छन्। यसअघिको गणनामा चितवनमा ९१, बर्दियामा १८, शुक्लाफा“टामा ७ र पर्सामा ४ वटा मात्र बाघ थिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र हेर्ने सेनाको निर्देशनालयका निर्देशक कृष्णप्रसाद सापकोटाले गैंडाको शून्य सिकार वर्षजस्तै बाघको पनि शून्य सिकार वर्ष मनाउन सेना प्रतिबद्ध भएको बताए।

'संरक्षणको काम गर्दागर्दै १०८ जवानले ज्यान गुमाइसकेका छन्', उनले भने, 'यो क्षति कम गर्न निरन्तर तालिम, भरपर्दो सूचना प्रणाली र प्रविधितर्फ पनि गइरहेका छौं।'

पर्यटनविद् प्रचण्डमान श्रेष्ठले सन् २०१४ को तथ्यांक सार्वजनिक गर्दै पर्या–पर्यटनले ५४ प्रतिशत हिस्सा ओगटेको बताए। सन् २०१४ मा नेपाल आएको ७ लाख ९० हजार पर्यटकमध्ये ४ लाख ३१ हजार पर्यटक जैविक विविधता र संरक्षण क्षेत्रमा प्रवेश गरेका थिए। 'अझ बाघको सबैभन्दा धेरै संख्या रहेको चितवन निकुञ्जमा कुल संख्याको २२ प्रतिशत पर्यटक छिरेका थिए', उनले भने।

आर्थिक आर्जनका लागि हुने गरेको सिकारी नियन्त्रण गरेर यसको संरक्षणबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने सन्देश अहिलेको आवश्यकता रहेको उनले बताए।

इन्जिनियर शिव शर्माले नेपालमा पूर्वाधार सुरु नै नभएको उल्लेख गर्दै भने, 'निकुञ्ज, आरक्ष र वनजंगल क्षेत्रमा यस्ता पूर्वाधार विकास गर्दा वातावरणीय पक्षको अध्ययन गर्ने परिपाटी नै छैन।' उनले यस विषयमा विकास निर्माण गर्ने काममा खटिने वातावरण प्रभाव मूल्यांकन बुझेको तर आत्मसात नगरेको बताए।

'न्यूनतम वातावरणीय क्षति गरी निर्माण काम गर्न पा“चदेखि १० प्रतिशत मात्र अतिरिक्त रकम लाग्छ', शर्माले भने। उनले संरक्षणकर्मी र विकासकर्मीबीच कहीँकतै समन्वय र सहकार्य नभएकोमा दुःख व्यक्त गरे। शर्माको भनाइ दुवै पक्ष आ–आफ्ना हिसाबले अघि बढ्दा यो क्षेत्र जोखिममा छ।

प्रकाशित: १५ श्रावण २०७३ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App