‘नाकाबन्दीको असर छ महिनाभित्रमा देखिन्छ’

बुधबार, ११ असोज २०७४, ०९ : ०८ नागरिक

सोल, असोज १० (एजेन्सी) – दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन् ।

उनले अहिले अर्थात् पछिल्लो समयमा उत्तर कोरियामाथि लगाइएको २३७५ प्रस्ताव नम्बरको नाकाबन्दी पहिलेका नाकाबन्दीभन्दा कडा भएकोले यसको असर देखा पर्न लागिसकेको जानकारी दिएका हुन् ।

दक्षिण कारियाका ती अनुसन्धानदाता पार्क जोङचुलले भने,‘यसको प्रभाव अहिले नै देखा पर्न थालिसकेको छ र आगामी छ महिनामा यसको प्रभाव अझै धेरै देखिने छ ।’

दक्षिण कोरियाको राजधानी सोलमा मंगलबार आयोजना गरिएको वाणिज्यसम्बन्धी एक कार्यक्रममा उनले उत्तर कोरियाले आफूलाई कुनै असर नपरेको बताए पनि त्यसको असर देखिन थालेको जिकीर गरेका हुन् ।

पहिलेका नाकान्दीमा विभिन्न देशले आणविक हतियारको उत्पादन, विस्तार र वितरणमा मात्र केन्द्रित रही त्यस विषयमाथि प्रतिबन्ध लगाउने खालका मात्र थिए भने यस पटकको नाकाबन्दीले उत्तर कोरियाको व्यापार र वस्तुको आयात निर्यातमा नै प्रतिबन्ध लगाएकोले यसको असर ठूलो पर्ने उनले बताए ।

संयुक्त राष्ट्रसंघले उक्त देशमाथि केही साता अघि नाकाबन्दी लगाएको हो । उसले सेप्टेम्बर ३ मा आणविक परीक्षण तथा यसमा हाइड्रोजनबमकै परीक्षण गरेकोले हतियार उत्पादनको विरुद्धमा रहेको कानुनी प्रावधानको प्रयोग गरी उत्तर कोरियामाथि यस्तो नाकाबन्दी लगाइएको हो ।
उत्तर कोरियाले भने यस्तो नाकाबन्दीले आफूलाई कुनै पनि असर नपर्ने धम्की दिएको थियो । उत्तर कोरियाले भनेको छ,‘यसले हामीलाई कुनै असर पार्दैन हामी हाम्रो काम झन राम्रोगरी गर्न सक्छौं ।’  

उत्तर कोरियाले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो वर्ष गरेको परीक्षण तीन गुणा ठूलो भएको बताइएको छ । उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।

उता उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने धम्की दिएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका बेला उत्तर कोरियाली विदेशमन्त्रील उक्त धम्की दिएका हुन् ।
अब यसपछि गर्ने भनिएको आगामी परीक्षण उत्तरका विदेशमन्त्रीले जानकारी दिएअनुसार अहिलेसम्मकै शक्तिशाली हुने भएकोले यसको खतराको बारेमा पनि विमर्श भइरहेको छ । उक्त परीक्षण प्यासिफिक क्षेत्रमा गरिने जानकारी पनि उत्तर कोरियाली विदेशमन्त्रीले दिएको बताइएको छ ।





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad