coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रसिद्ध भीमेश्वर मन्दिरको सीलामा दुई पटक पसिना

भीमेश्वर मन्दिरको सीलामा पसिना अाएपछि चण्डीपाठ गर्दै पुजारी। तस्विरः रमेश

दोलखा— प्राचीन शहर दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको सिलामा मंगलबार दिउसो दुई पटक पसिना आएको छ।  भीमेश्वरको सिलामा पसिना आउँदा राष्ट्रमा अनिष्ट हुने सूचकका रुपमा हेरिने कारण राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने र सरकारका तर्फबाट समेत पूजाहरु पठाउने चलन छ। मंगलबार दिउँसो मन्दिरमा नियमित मध्यान्ह पूजा सकिए लगतै २ः५५ देखि ३ः१७ सम्म र ३ः५१ देखिसाँझ ५ः१५ सम्म दुई पटक पसिना आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मंगलबार दिउँसो नियमित मध्यान्ह पूजा सकिए लगतै भीमेश्वरको सिला एक्कासि कालो र चम्किलो देखिएपछि पूजारी काशिनारायण श्रेष्ठले स्थानिय र गुठियारहरुलाई खबर गरेका थिए। सिलाको  दायाँ भागबाट मानिसलाई जसरी पसिना चुहिन थालेको उनले गुठियारहरुलाई देखाए।

मन्दिरको सिलामा २ः५५ बाट शुरु भएको पसिना  २२ मिनेट र त्यसको ३४ मिनेट पछि ३ः५१ बाट सुरु भएको पसिना १ घण्टा २४ मिनेट सम्म लगातार बगेको थियो। प्रत्यक्षदर्शीका अनुसार भीमेश्वरको कालो सिला पसिना आउँदा चम्किलो भएर तप तप  खसेको थियो।

मन्दिरको सिलामा २ः५५ बाट शुरु भएको पसिना  २२ मिनेट र त्यसको ३४ मिनेट पछि ३ः५१ बाट सुरु भएको पसिना १ घण्टा २४ मिनेट सम्म लगातार बगेको थियो।
प्रत्यक्षदर्शीका अनुसार भीमेश्वरको कालो सिला पसिना आउँदा चम्किलो भएर तप तप  खसेको थियो। शुरुमा सिलाको दायाँ पट्टीको माथिल्लो भागबाट पसिना खसेको पुजारी श्रेष्ठले बताए। ‘पहिलो पटक दायाँ भागको माथी पट्टीबाट शुरु भयो, त्यस पछि तल्लो भागबाट खसिरहयो’ उनले भने – ‘दोश्रो पटक भने सबै तिरबाट लगातार खसिरहयो’ ।
पसिना आउँदा गुठियारहरु समेत बसेर चम्मर, मयुरको प्वाँख लगायतले सिलालाई हम्कीने गरिन्छ। पसिना आउन्जेल मन्दिरका घण्टा लगातार बजाईएको थियो। पसिना आउन्जेल ब्राम्हणहरुले एकाहोती रुद्री र चण्डी समेत पाठ गरेका थिए।

पसिना आएको खबर लगतै जिल्लाका बिभिन्न भागबाट ठूलो संख्यामा दर्शनार्थीहरु मन्दिर पुगेका थिए । सिलामा आएको पसिना कपासले पुछ्ने चलन छ। पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्र प्रमुख र सरकार प्रमुखलाई पठाइने र सर्वसाधारणलाई बाँडिने चलन छ। पसिना पुछिएको कपास प्रसादका रुपमा घरमा राख्दा रोगव्याधी नलाग्ने, र चिताएको कुरा पुरा हुने जनविश्वास छ ।

राष्ट्रपतिले क्षमा पुजा पठाउने
मंगलबार पसिना आए लगतै स्थानिय प्रशासनले राष्ट्रपतिको कार्यालय र सरकारलाई जानकारी गराएको छ। परम्परागत रुपमा पसिना आउँदा गरिने प्रक्रियाअनुसार आफुले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृह मन्त्रालयमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले बताए।
उनले मंगलबार नै सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालकोे नेतृत्वमा गुठियारहरु सम्मीलित टोली महाप्रसाद बोकेर राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष पु¥याउन राजधानी पठाईसकिएको जानकारी दिए।

राष्ट्रपति भण्डारीले महाप्रसाद बुझेपछि मन्दिरमा क्षमा पूजा पठाउने चलन छ। उनले क्षमा पूजा नपठाउन्जेल मन्दिरमा नित्य पूजा बन्द हुन्छ। यस्तै पसिना आएपछि सरकारले समेत क्षमा पूजाका नाममा बली पूजा पठाउने चलन अनुसार गृह मन्त्रालयले बुधबार नै मन्दिरमा बली पूजा पठाउँदैछ। यसअघि राजसंस्था हुँदा राजदरबारबाट राजाले क्षमा पूजा पठाउने चलन थियो।

यस अघि २०७२ बैशाख १२ को भुकम्प अघि २०७१ फाुग १,२,१५ र मंसिर ३० गते गरेर ४ पटक मन्दिरको सिलामा पसिना आएको थियो। १ सय ५० जना बढीको मृत्यु हुनु अघि गएको जुरे पहिरो अगाडी २०७१ जेठमा समेत जेठमा समेत सिलामा पसिना आएको थियो । यस्तै राजतन्त्रको अन्त्य हुनु अघि २०६४, जनआन्दोलन शुरु हुनु अघि २०६१ र २०६२ मा पटक पटक, राजदरबार हत्याकाण्ड अघि २०५७ मा पटक पटक, २०४६ सालको परिवर्तन अघि २०४५ मा, २०३६ साल, राजा महेन्द्रको मृत्यु हुनु पूर्व २०२८ साल, राजा त्रिभुवनको मृत्यु हुनु अघि २०११ साल, राणा शासनको अन्त्य २००७ साल, चार शहिदलाई फाँसी १९९७ साल र ९० सालको भुकम्प सहित मुलुकमा बिभिन्न घटनाक्रम हुनु अघि बिभिन्न समयमा भीमेश्वरको सिलामा पसिना आएको रेकर्ड मन्दिर पूजा तथा गुठी व्यवस्थापन समितिमा भेटिन्छ।

प्रकाशित: १० आश्विन २०७४ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App