८ वैशाख २०८१ शनिबार
समाज

३६ जना कैदीको माफी मिनाहा

इटहरी—पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीका ३६ जना कैदीको माफी मिनाहा गरिएको छ। दसैको अवसरमा कैदीको माफी मिनाहा गरिएको हो। माफी मिनाहा भएका कैदीलाई क्षेत्रीय कारागारका जेलर गणेश अधिकारीले विदाई गरेका छन्।

४० प्रतिशत कैद सजाय भुक्तान गरेर मापदण्ड पुरा गरेका कैदीलाई माफी मिनाहा गरेको हो। क्षेत्रीय कारागारबाट माफी मिनाहा पाउने कैदीमा २० जना कर्तव्य ज्यान, सात जना मोटरसाइकल चोरी, चार जना ज्यान मार्ने उद्योग, एक जना सवारी ज्यान, दुई–दुई जना बहुविवाह र दुई जना डाका मुद्दाका छन्। यी मध्ये क्षेत्रीय कारागारको ब्लक नं. १ का १० जना छन भने ब्लक नं. २ का २६ जना छन्।

ब्लक नं. १ बाट कर्तव्य ज्यान मुद्दाका धनकुटा भीरगाउँका तारावीर राई, भोजपुर तिम्माका मिलन राई, नवलपरासीका देव सुनार र लमजुङ्का गम्भीर गुरुङ्ले माफी मिनाहा पाएका हुन् । यस्तै, ज्यान मार्ने उद्योगमा सुनसरी धरानका पवन राई, डाकामा धनकुटा आखीसल्लाका ओमकुमार राई, कर्तव्य ज्यानमा सुनसरी मधेलीका विष्णु विक र इलाम एकतप्पाका जीवन खवासले माफी मिनाहा पाएर विदाई भए।

क्षेत्रीय कारागारको ब्लक नं. २ बाट कर्तब्य ज्यान मुद्दामा सुर्खेतका यामबहादुर विक, धनकुटाकाा फत्ते सिंजाली मगडर, बाँकेकाा सैफु नाउँ, सुनसरी इटहरीका कर्णबहादुर राई, धरानका रविन्द्रराज राई, धरानकै सविन राई, इटहरीका मनोज तामाङ्, गणेश चौधरी, राजु चौधरी र स्याङ्जाका रमेश थापाले माफी मिनाहा पाए। असोज २ गते मन्त्री परिषदको बैठकले निर्णय गरे अनुसार, क्षेत्रीय कारागारबाट अपहरण कर्तब्यमा धरानका प्रतिकेशर झा, सवारी ज्यानमा मोरङ सुन्दरहरैँचाका दिपेन्द्र राई र मोटरसाइकल चोरीमा काठमाडौं बस्ने सन्तोष गुरुङ्ले माफी मिनाहा पाएको जानकारी दिइयो।

यस्तै,  ज्यान मार्ने उद्योगमा रुपन्देहीका शिवचरण मल्लाह, सुनसरी धरानका विक्रम कटुवाल र दोलखा भिमेश्वरका जितेश भन्ने दिपेश श्रेष्ठले माफी मिनाहा पाए । बर्षमा दुईपटक गणतन्त्र दिवस र दसैंको अवसर पारेर कैद सजाय माफी मिहाहा हुने गरेकोमा  चोरीमा संखुवासभाका गणेश गुरुङ्, रहजनी चोरीमा उदयपुरका विष्णु सेन्चुरी, जवरजस्ती चोरीमा धनकुटा आखीसल्लाका प्रकाश राई, नकवजनी चोरीमा मोरङ उर्लाबारीका दिनेश पुन मगर, डाका मुद्दामा सुनसरी इटहरी खनारका राजु चौधरी र वहुविवाहमा सुनसरी धरानका सार्कीराम तामाङ्ले पाए।

जेलर अधिकारीका अनुसार, ४० प्रतिशत कैद भुक्तान गरि सकेर असल चालचलन भएका, मुद्दाको अन्तिम टुंगो लाग्ने अवस्थाकालगायतका मापदण्डका आधारमा सिफारिस गरे बमोजिम कैद सजाय माफी मिनाहा भएको हो । क्षेत्रीय कारागार झुम्का सुनसरीमा अहिले ब्लक  नं. १ र २ मा गरि एक हजार तीन सय ९० जना छन्।

प्रकाशित: १० आश्विन २०७४ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App