८ वैशाख २०८१ शनिबार
समाज

वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ

इनरुवा—सुनसरीको काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरी काशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा वडाध्यक्ष यादवसहित इनरुवाका चन्द्र पोखरेल, बद्री स्वर्णकार, विनोद अटल, शम्भुकुमार साह र महेन्द्र यादव छन्। त्यस्तै भोक्राहाका कुन्दन कौशिक साह, नन्दकिशोर मेहता, महेन्द्र यादव, सङ्खुवासभाका विनोद ओझा र भारत पटनाका रामअयोध्या शर्मा छन्।

पक्राउ परेका स्थानबाट प्रहरीले जुवा खालसहित चार लाख २२ हजार १३५ नेपाली रुपैयाँ र ९२ हजार ३८० भारतीय रुपैयाँ बरामद गरेको थियो।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको उनले बताए।

कटुवा पेस्तोलसहित दुई पक्राउ
यसैगरी सुनसरीको दुहवी नगरपालिकाबाट कटुवा पेस्तोलसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुहवी नगरपालिका–८ का मुरतुजा मियाँ र इनरुवा नगरपालिका–७ चान्दवेलाका कुर्वान मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी अधिकृतको टोलीले दुबै जनालाई पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

उनीहरुको साथबाट कटुवा पेस्तोल एक र सोमा लाग्ने गोली एक थान बरामद भएको प्रहरी नायब उपरीक्षक चिमरियाले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।

प्रकाशित: १० आश्विन २०७४ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App