coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘सञ्चारगृह मिलेर अघि बढ्नुपर्छ'

काठमाडौं- सञ्चार विज्ञहरूले वर्तमान समस्या सामना गर्न सबै सञ्चारगृह मिलेर अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजना गरिएको 'वर्तमान समस्याको सम्बोधन :  मिडियाको भूमिका' नामक अन्तरक्रियामा बोल्दै विज्ञहरूले उक्त सुझाव दिएका हुन्। कार्यक्रमको आयोजना नेपाल रिपब्लिक मिडिया र कोरियाली अखबार सेगे टाइम्सले संयुक्त रूपमा गरेका थिए।

अन्तरक्रियामा सहभागी विभिन्न देशका विज्ञले मिडियाको महŒवमाथि प्रकाश पारेका थिए। कार्यक्रममा बोल्दै सेेगे टाइम्सका अध्यक्ष जुन योङ चाले एसिया प्यासिफिक क्षेत्रका सञ्चारगृहले संयुक्त रूपमा विश्वव्यापी मूल्य–मान्यतालाई अघि बढाउनुपर्ने बताए। भिन्न देश, भिन्न क्षेत्र र भिन्न संस्कृतिलाई संयुक्त रूपमा अघि बढाउँदा यी देश र क्षेत्रका मानीसबीच सद्भाव र शान्ति बढ्ने उनले जनाए।

'विश्वव्यापी रूपमा समाधान गर्नुपर्ने थुप्रै मुद्दा छन्, यसका लागि यो क्षेत्रका मानिसमाझ रहेका साझा मूल्य–मान्यता जगाउन आवश्यक छ,' उनले भने। साझा भावना जागृत गरी प्रवर्द्धन गर्न सके धार्मिक अतिवाद, आतंकवाद जस्ता चुनौती सामान गर्न सकिने उनको भनाइ थियो।

भारतीय साप्ताहिक अखबार आउटलुक (हिन्दी) प्रधानसम्पादक पद्यश्री विजेता आलोक मेहता देश र विशेष क्षेत्रका सञ्चारगृहले जनतालाई विभिन्न विषयमा सुसूचित र शिक्षित बनाउन संयुक्त रूपमा अघि बढ्नुपर्ने बताए। यस्तो गर्न सके वर्तमान चुनौती सामना गर्न सकिने उनले जनाए। 'आचारसंहितासम्बन्धी गम्भीर समस्या छन्, आचारसंहिताबिना हामी संघर्ष गर्न सक्दैनौं। यस कारण सबै व्यवसाय आचारसंहिताअनुसार अघि बढेका हुन्छन्,' मेहताले भने।

फिलिपिन्सको पिपुल्स टेलिभिजन नेटवर्कका पत्रकार अल्जो बेन्डिजोले प्रेस स्वतन्त्रताको महŒवमाथि बोलेका थिए। त्यस्तै, लाओसको एमभी लाओ टेलिभिजन अध्यक्ष अदेनाले समेत समाजको सहअस्तित्व र शान्तिमा पत्रकारिताको भूमिकाबारे चर्चा गरेकी थिइँन्।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्राध्यापक परशुराम खरेलले भने आमसञ्चार मिडियाको विश्वासनीयताले वर्तमान समस्याको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने बताए। 'सञ्चार गृहले विश्वनियतालाई बेवास्ता गर्नुहुँदैन, विश्वसनीय सञ्चार माध्यमले मात्र सार्वजनिक अभिव्यक्तिलाई सही आकास दिन सक्छन्,' खरेलले भने।

नेपाल रिपब्लिक मिडिया निर्देशक समृद्धि ज्ञवालीले स्थानीय, क्षेत्रीयका साथै समकालीन विश्वका चुनौती समना गर्ने बाटो पहिल्याउन यस किसिमको अन्तरक्रिया आयोजना गरिएको जानकारी दिइँन्।

कार्यक्रमका अन्य वक्ताले समकालीन चुनौतीको सामनाका निम्ति सञ्चारगृहहरूले गर्नुपर्ने संयुक्त पहलको महŒवमाथि प्रकाश पारेका थिए। मिडियाकी निर्देशक शोभा ज्ञवालीले समेत सामयिक चुनौतीको सामना गर्न छलफलले मद्दत पुर्‍याउने बताएकी थिइन्। कार्यक्रममा नागरिक दैनिकको भगिनी प्रकाशन रिपब्लिकाका सम्पादक सुभास घिमिरेले शान्तिप्रक्रिया र गत वर्षको भूकम्पका बेला नेपाली सञ्चारमाध्यमले खेलेको भूमिकामाथि प्रकाश पार्दै छलफलका निम्ति आधार प्रस्तुत गरेका थिए।

प्रकाशित: १५ श्रावण २०७३ ०२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App