coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रोन्हिया शरणार्थी शिविरका हैजा फैलिन सक्ने चेतावनी

ढाका – म्यानमारको रखाइन प्रान्तबाट बंगलादेश आएका रोहिन्या समुदाय बसेको शरणार्थी शिविरमा र हैजाको महामारी फैलिन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।

करिब ४ लाख रोहिन्या म्यानमारबाट बंगलादेश प्रवेश गरेको संयुक्त राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ। बंगलादेशको शिविरमा  कष्टपूर्ण जीवनयापन गरिरहेका उनीहरूमा सरसफाईको अभावका कारण हैजाको महामारी फैलिन सक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ।

 करिब ४ लाखको संख्यामा रहेका उनीहरूलाई ६८ शिविर बनाएर राखिएको छ। उनीहरूका आधारभुत आवश्यकताहरूको पूर्ति हुन सकेको छैन । त्यसकारण उनीहरूमा हैजाको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ।

उनीहरूमा स्वच्छ पिउने पानीको अभावका कारण हैजाको प्रकोप फैलिने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको हो। उनीहरूको आधारभुत आवश्यकताको परिपूर्तिमा विशेष निगरानी गरेमा उक्त प्रकोपलाई सुरू हुन नदिदै हटाउन सकिने विश्व स्वास्थ्य संगठनको दाबी छ।

उनीहरू बसेका शिविरहरूलाई लक्षित गरी विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरिनुपर्ने विश्व स्वास्थ्य संगठनले बताएको छ।

प्रकाशित: १० आश्विन २०७४ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App