'जीवन संघर्ष' मा मेरो दृष्टि

शनिबार, १५ साउन २०७३, ०७ : ४५ हेमराज ज्ञवाली

मित्र रेखबहादुर भट्टराईले हालै 'जीवन्त संघर्षु नाम दिएर आफ्नो परिवारको कथा प्रकाशित गनुभएको रहेछ। एकप्रति प्रेमपूर्वक प्राप्त भयो। उसो त भट्टराईले अहिलेसम्म ६ थान गहकिला पुस्तकपुस्तिका लेखी प्रकाशित गरेर आफ्नो लेखन सीपको जानकारी दिइसक्नुभएको छ। तीमध्ये मैले पनि केही पुस्तकको स्वाद लिने मौका पाएको छु।

यस पुस्तकको भूमिका प्रसिद्ध साहित्यकार दधिराज सुवेदीले लेख्नुभएको छ। लेखकले पनि श्रद्धाका केही शब्द शीर्षकमा प्राक्कथन लेख्नुभएको छ। भोजपुर जिल्लाको फालिकोट गैह्री गाउँमा १९६० सालमा लेखककी आमा गायत्री देवीको जन्म भएको थियो। लेखकका पिता भवानीप्रसादको जन्म भोजपुरको पौवा खेसाङमा १९५७ सालमा भएको थियो। लेखकको हजुरबुबा धन उपाध्यायकी कान्छी श्रीमती जानकी देवीका तर्फबाट लेखकका पिताको जन्म भएको थियो। लेखकका पिताले आफ्नी माता जानुका देवी, भाइ कृष्णप्रसाद, खडानन्द र माधवलाई साथमा लिई कालिकोटबाट बसाइँ सर्नु भएछ। त्यसपछि लेखककी माता गायत्री देवीसँग दुवै राजी खुसीबाट गन्धर्व विवाह गर्नु भएछ। त्योभन्दा पहिले नै पिताजीको भोजपुर दल गाँउका सुवेदीका छोरीसँग विवाह भएको रहेछ। लेखककी जेठी आमाबाट एक छोरी भइसकेको र उहाँ आफ्नो माइती दल गाउँ बस्नुभएको रहेछ।

 लेखकका पिताजी ओलाङचुङगोला भन्सारमा जागिरे भई बस्नुभएको रहेछ। त्यसबेला जेठी आमा साथै रहनुभएको थियो। त्यस बेलादेखि नै मन नमिलेकाले माइती घरमै रहेको समयमा पिताजी कालिकोटबाट बसाइँ सर्नुभएछ। जेठी आमातर्Ãबाट जन्मिएकी छोरी हाम्रा पिताजीको प्रथम सन्तान योगमाया हुनुहुन्थ्यो। उहाँको गोरखाबाट मोरङमा आई जागिरे भएका टीकाप्रसाद न्यौपानेसँग विवाह भएछ। उहाँका दुई सन्तान थिए। भिनाजु टीकाप्रसादको देहान्त भयो। त्यस्तै दुई सन्तान भएकोमा छोरीको दुई वर्षमै देहान्त भयो। बाँकी एक छोरा माधव पढालु र योग्य भई जागिर खाएर उच्च पदमा पुगे। रिटायरपछि अख्तियारले  मुद्दा लगाइदिँदा धेरै वर्षपछि सफाइ पाए। तर यसै घट्नाले मानसिक तनाव र पक्षघात भई अहिलेसम्म पनि बिछ्यौनामा नै छन्। लेखकका मातापिताका रेखबहादुर, ललितबहादुर र नरबहादुर गरी तीन छोरा भए। लेखकका पितामाता विवाह भइसकेपछि भोजपुरको पहाडी जीवनबाट उन्मुक्त भई बाह्य संसारको अनुभव गर्न भारतको आसाम जानुभएछ। त्यसबेला नेपालका मानिस खेती कमाई गरी सुखी जीवन बिताउन आसाम जाने चलन थियो। त्यसैगरी लेखकका पितामाताले पनि आसाम पुगी जंगल फँडानी गरी जग्गाजेथा जोडी घरबास बनाउनुभएछ। केही गाई जम्मा गरी गोठ पनि बनाउनुभएछ। केही समयपछि अत्यधिक वर्षाको कारणले ब्रह्मपुत्रमा बाढी आई घरखेत गोठ सबै बगाइदिएकाले त्यहाँ बस्न सक्ने अवस्था नभएकाले नेपालमै Ãर्की मोरङका कार्कीहरूको हेरविचार गर्ने गरी केही महिना मातापिताजी त्यही बस्नु''भएछ। पिताजी लेखापढी गर्न सिपालु भएकाले मोरङ सदरमुकाम रंगेलीबाट विराटनगर सरेकाले सदरमु'काममै बसेमा जीवन केही सुगम होला भन्ने विचारले तीनपैनीमा भाडाको घरमा बस्नुभएछ। लेखकका दाजु' ललितबहादु'र त्यहीं जन्मनु' भएछ। त्यसको केही वर्षपछि  तीनपैनी मोडमा घडेरी खरिद गरी घर बनाएर बस्नु भएछ। लेखककी दिदी गुनकुमारी र भाइ नरबहादुरको त्यहीँ जन्म भएको हो।

 श्री ३ भीमको पालामा काममामका लागि विदेशमा जाने नेपालीलाई नेपालमै जंगल जग्गा Ãँडानी गरी बसोबास गराउने योजना बनेकाले कर्णेल शिवप्रताप शमशेर थापा त्यसको बन्दोबस्त गर्न अ•ाको हाकिम  र भूपालमानसिंह कार्की त्यसै अ•ाको मुखिया र पिताजी राहटर भई सँगै काम गर्नुभएछ। श्री ३ भीमको देहावसानपछि भाइ जु'द्ध शमशेर श्री ३ भए। कर्णेल शिवप्रताप शमशेर मोरङको बडा हाकिम भएछन्। त्यसपछि पिताजीको जागीर पनि सकिएछ। उहाँले लेखापढीमै जोड दिई अ•ाअदालतकै काममा लागेर राम्रो आय आर्जन गरेपछि भौडाहामा रहेको ७ बिघामा धान उब्जाउनु भएछ। १९९७ सालको असोजमा छोटो ज्वरो बिरामीका कारणले पिताजीको स्वर्गबास भएछ। त्यसबेला दाजु' ललितबहादु'र १० वर्ष, दीदी गुनकुमारी ८ वर्ष, लेखक ६ वर्ष र भाइ नरबहादु'र दु'ई वर्षका थिए। यसरी आमामाथि ठूलो बज्रपात प–यो। नाबालक सन्तानलार्ई हुर्काउने, बढाउने अनि पढाउनुपर्ने सम्पूर्ण दायित्व उहाँकै शिरमाथि प–यो। आमालाई आÃूू र सन्तान हु'र्काउन, टाढाको खेती गर्नगराउन साह्रै गाह्रो परेको थियो। आमाले कठिनाइ सामना धैर्यपूूर्वक गनर्''भयो। उहाँले कष्टपूर्ण संघर्षको समय बिताउन परेको थियो।

  सानासाना चार सन्तानलाई अभिभावकत्व दिनु', पढाउनु', खानेलाउने प्रबन्ध गनर्'' चु'नौतीपूर्ण काम हो। आमाले बडो कुशलतापूूर्वक जिम्मेवारी निर्वाह गनर्''भएको थियो। बिहान सबै काम सकेर ६ माइल दु'रीको भौडाहाको खेतमा गई खेतीपाती गरी फर्केर घर आई  सबै बन्दोबस्त गनु'पर्थ्यो। आमाले सबै काम कु'शलतापूर्वक गर्न र सहज बनाउन गोरुगाडा बन्दोबस्त गर्नुभयो। गोरुगाडा चलाउन एक पहलमान पनि राख्नुभयो।

 माहिला काका कृष्णप्रसादले लेखककै घरदेखि उत्तरतर्Ã टाँसिएर रहेको आफ्नो घरजग्गा बिक्री गरी अन्तै सर्ने विचार गर्नु भएछ। आमालाई एक्लै बस्नु'पर्ने भएपछि असुरक्षित हुने सम्झेर ठूलो चिन्ता पर्योन। उहाँलाई सहायताको आवश्यकता थियो। त्यसैले आमाले आफ्नी कान्छी बहिनी कमलादेवी मोरङमै आओस् भनेर खबर पठाउनुभएछ। उहाँ आफ्नी सानी छोरीलाई लिएर भोजपु'र फालिकोट गैरी गाउदेखि ४—५ दिनको बाटो हिँडेर आउनु' भएछ। त्यसपछि आमालाई ठूलो सन्तोष भयो। जेठो मामाकी माइली छोरी लीलादेवीले लोग्नेसँग बेमेल भई घर छाडी माइतीमै बसेकोमा आमाले मोरङमै झिकाएर कुनै व्यवस्था गर्नुपर्ला भनी सानिमालाई भोजपु'र गई उनलाई लिएर आउन पठाउनु' भयो। सानिमाले भोजपु'र गई भदै लीलालाई लिई आएकाले आमालाई ठूूलो सन्तोष भयो। बहिनी कमला र भदै लीलादेवीले आमालाई निकै सहयोग गर्नुभयो। भदै लीलादेवीसँग एउटा रिक्सावाला टेकबहादुरले बीचबीचमा भेटी माया गरेर उहाँलाई भगाएर लगेछ। लीलादेवीले नवराज, पर्शुराम र कृष्ण नामका तीन छोरा र छोरी रचना पाउनु' भएछ। जेठा छोरा एसएलसी पास थिए। तर धनु'षटंकार भई यु'वा अवस्थामामै बिते। टेकबहादु'रको पनि अत्यधिक मादक पदार्थ सेवनले टिबी लागी यु'वावस्थामै मरण भयो। लीलादेवीलाई विपत्ति आइपर्यो'। भाइ नरबहादुरका लागि किनेको तीनपैनी पानीटंकीपूूर्वको साढे चार कट्टा जग्ग्ाा रेखदेख गनर्'', बाली पनि खानु' भनी आमा गायत्रीदेवीले भन्नुभएकोले त्यही जग्गामा स्यानो झोपडी घर बनाई बाली लगाई गु'जारा गनर्'' भयो। उहाँलाई बस्न दिएको जग्गा हाम्रो नजिकै हँ'दा उहाँले आमालाई जीवनपर्यन्त  सेवा गनर्''भयो। आमाले पनि भदैलाई एउटा गाई र घडेरी किन्न केही रकम दिनु'भयो। बहिनी कमलालाई पनि यथाशक्य सहयोग गर्नुभयो। उहाँहरू दुवैले पनि आमालाई राम्रो सेवा र सहयोग गरेकाले आमाको हात मजबुत भयो। आमाको परोपकारी भावनाले पहाडमा तिरस्कृत जीवन  बिताइरहेका दुवै जानाको यथाशक्य उद्धार भयो।

पिताजी लेखापढी, पु'रेत्याइँ गरी केही कमाउनु' हु'न्थ्यो। आमाको किÃायतमा घर चलाउने बानीले उहाँहरूले तीनपैनीमा लगभग एक बिघा घडेरी किन्नु' भयो। घरमा दु'ई चार माउ गाई पाल्ने, सामान ओसार पसार गर्ने बयलगाडा र पहलमान राख्ने चलन थियो। यस्तैमा पिताजीको स्वर्गवास भयो।

लेखककी जेठी आमा र उहाँकी विधवा छोरी योगमाया वैराग्यको भावना जागी वृन्दावनमा कल्पबास बस्न जानु'भएको थियो। तर बिरामी परेका बेला राम्रो हेरविचार नहुने देखेपछि दसपन्ध्र वर्षपछि विराटनगरै Ãर्कनुभयो। फर्केर छोरीसँग बसेको १–२ वर्षमै स्वर्गबास भयो। लेखककी आमाले पनि ६० वर्ष पु'गेपछि स्थानीय वैष्णवको सल्लाह र संगतले वैष्णव धर्म अपनाउनु' भएछ। छोराहरूसँग सल्लाह गनर्'' भएको थिएन। गाउँछिमेकका वैष्णवसँग साथ लागेर वृन्दावन गई गु'रु थापी केशमु'ण्डन गरी वैष्णव धर्म ग्रहण गरी निधारमा सेतो चन्दनको ठाडो सेतो टीका लगाई विराटनगर आएपछि मात्र छोराहरूलाई यो कुरा थाहा भयो। कान्छा भाइले क्रिस्चियन धर्म अँगालेर क्रिस्चियनसँग बिहे गरेका थिए। आमा भन्नु'हु'न्थ्यो– उसले क्रिस्चियन धर्म लिए पनि ईश्वरमै विश्वास गरेको छ, परमेश्वर एकै हुन्, ठीकै छ। आमाको इच्छाअनु'सार हामीले उहाँलाई भारतको चार धाम बद्रीनाथ, केदारनाथ, जगन्नाथ,  रामेश्वर र द्वारका धाम लगायत तीर्थाटन गराएका थियौं। २०४५ सालको भूूकम्पका बेला सिँढीबाट ओल्दै गर्दा लड्नु'भएको थियो। सामान्य चोट लागेको थियो। त्यसैको प्रभावले कमजोर र बिरामी पर्दै २०४५ साल माघ ४ गते स्वर्गबास हुनु' भयो।

आमाको उत्तरार्ध जीवन पूजनभजन र कीर्तनमय रह्यो। भाइ नरबहादुरलाई पोखरा पुगेेपछि चर्मरोग लाग्यो। पछि उनको आइलिनलयँ  नामकी ब्रिटिस महिलासँग भेट भयो। उनले हरियोखर्कमा रहेको कु'ष्ठरोगी अस्पतालमा भर्ना गरी पूूरा स्वस्थ गराउँछौं भनिन्। भाई नरबहादुर त्यही अस्पतालमा भर्ना भए। रोग निको हुँदै गएपछि क्रिस्चियन धर्म ग्रहण गरी विराटनगरमै राष्ट्र बैकमा सरुवा भए। उनले रोज मेरी व्यारेर नामकी क्रिस्चियन नर्स केटीसँग त्रिस्चियन विधिले विवाह गरे। आमाले हामी तीन भाइको २०२४ सालमा अंश गरिदिनु' भएको थियो।

 आमालाई जातीय भेदभावसँग पनि ठूूलो संघर्ष गनर्''परेको थियो। पिताजीको १९९७ आश्विन महिनामा स्वर्गवास भएपछि तीन भाइ र छोरीलाई हुर्काउने, पढाउने, लेखाउने, इलममा लगाउने जिम्मेवारी आमामै आयो। भएको जग्गामा खेतीपाती लगाउने, स्यार्नेसमेत गरी उहाँले तीनै छोरालाई यथायोग्य काममा लगाई बिहे गरिदिएर विराटनगरमा इज्जतपूूर्वक बस्ने व्यवस्था मिलाइदिनु' भयो। सबै प्रबन्ध मिलाएर आखिरमा आमा माहिला छोरासँग बसी पूूजाभजन कीर्तनमा लाग्नुभयो। छोराबु'हारी पनि योग्य, आफूहरूमा मायाममता राख्ने खालका भए। खासमा आमाकै कुशलताबाट छोराहरूलाई पनि योग्य बनाई, हुनेसम्म राम्रो इलममा लगाई असल, कुलीन बुहारी ल्याई राम्रो सुखी गृहस्थ परिवारका रुपमा विराटनगरमा  वसोवासको राम्रो प्रबन्ध भयो। यसको वास्तविक श्रेय आमा गायत्रीदेवी मै जान्छ। उहाँकै जीवन्त संघर्षले विराटनगरमा सबै छोरालाई इज्जतपूूर्वक बस्ने प्रबन्ध भयो। भोजपु'रको दु'ःखी जीवन खासगरी आमाकै जीवन्त संघर्षबाट सु'खी सम्पन्न परिवारमा परिणत भयो। यस सत्यकथाले सबैलाई धेरै कु'रा सिकाउँछ। यसले सबै पाठकलाई सधैं काम लाग्ने असल शिक्षा दिन्छ। यस्तो मार्मिक कथा लेखेर सबैलाई सत्शिक्षा दिने लेखक प्रशंसाका पात्र छन्। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad