coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदीय चुनावमा अन्य पार्टीसँग तालमेल गर्ने राजपाको निर्णय

काठमाडौं- दुई नम्बर प्रदेशको स्थानीय चुनावलगत्तै तीन मधेस केन्द्रित दल आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिधि सभा चुनावको तयारीमा जुटेका छन् ।
आगामी चुनावको तयारी गर्न सोमबार राजपा सचिवालय र राजनीतिक समितिको संयुक्त बैठक बसेको थियो । बैठकले प्रदेशसभा र संसदीय चुनावमा तालमेल गरेर जाने निर्णय गरेको छ । बैठकले अन्य पार्टीसँग तालमेल गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिमा कसकसलाई राख्ने भन्नेबारे  बैठकमा निर्णय भएन ।  
परिवर्तनकारी शक्ति र मधेस केन्द्रित दलसँग चुनावी तालमेल गर्ने निर्णय भएको राजपाका महासचिव मनीष सुमनले बताए । ‘प्रदेशसभा र केन्द्रीय संसद्को चुनावमा तालेमल गर्ने निर्णय भएको छ । कोकोसँग तालमेल गर्ने भन्ने टुंगो लागेको छैन,’ उनले भने ।
बैठकमा राजपाका केही नेताहरूले भने संघीय फोरमसँग तालमेल गर्नुपर्ने सुझाव राखेका थिए ।
यसैगरी बैठकले प्रदेशसभा र केन्द्रीय संसद्को चुनावको तयारीका लागि आर्थिक समिति र प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा तेस्रो चरणको स्थानीय निर्वाचनबारे पनि समीक्षा भएको थियो । सोचेजस्तो परिणाम आउन नसक्नुमा पार्टीको तयारी कम भएको विश्लेषण नेताहरूले गरेका थिए । बैठकमा सचिवालय सदस्य र राजनीतिक समितिका सदस्यहरूको उपस्थिति थियो । राजपाको राजनीतिक समिति २७ सदस्यीय छ भने सचिवालय ७ सदस्यीय छ ।
यसैगरी आगामी चुनावको तयारी गर्न सोमबार संघीय फोरमका पदाधिकारी बैठक बस्यो । बैठकमा निर्वाचन आयोगको निर्देशिका अनुसार पार्टीले निर्वाचनका कार्यक्रम तयारी गर्ने निर्णय भएको राजनीतिक समितिकी सदस्य रेखा यादवले बताइन् । बैठकमा हालै सम्पन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनको समीक्षा पनि भएको थियो ।

प्रकाशित: १० आश्विन २०७४ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App